मध्यपश्चिम विश्वविद्यालयमा जेसीआई बिरेन्द्रनगरद्वारा जेठ ३ गते निःशुल्क स्वास्थ्य शिविर
कमल कुमार शाही
स्वाभिमान संवाददाता
बिरेन्द्रनगर, सुर्खेत – बैशाख २८
जेसीआई बिरेन्द्रनगरको आयोजनामा यही आउँदो जेठ ३ गते शनिबार मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय हल, बिरेन्द्रनगर–८, सुर्खेतमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
स्वास्थ्य सचेतना अभिवृद्धि, प्रारम्भिक रोगको पहिचान तथा सर्वसाधारणलाई विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस शिविरमा मेटलाइफ अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको सहकार्य रहेको छ।
शिविरमा विभिन्न क्षेत्रका अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिनेछ।
सहभागी चिकित्सकहरूमा -:
डा. परश पौडेल – कान, नाक, घाँटी तथा शल्यचिकित्सा विशेषज्ञ
डा. शुभ श्रेष्ठ – हाडजोर्नी तथा मांसपेशी शल्यचिकित्सक
डा. कृतिका थापा – स्त्री तथा प्रसूति रोग विशेषज्ञ
डा. कुलराज शाही – आन्तरिक रोग विशेषज्ञ
डा. सुरक्षा सिंह ठकुरी – दन्त तथा ओर्थोडोन्टिक विशेषज्ञ
शिविरमा उपलब्ध सेवा सुविधाहरू :
रक्तचाप (BP) र सुगर जाँच
दन्त परीक्षण तथा परामर्श
स्त्रीरोग सम्बन्धी जाँच तथा सुझाव
कान, नाक, घाँटीसम्बन्धी जाँच तथा सल्लाह
हाडजोर्नी तथा मांसपेशी परीक्षण
अन्य सामान्य चिकित्सकीय जाँच तथा परामर्श
निःशुल्क औषधि वितरण
शिविर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। आयोजक संस्था जेसीआई बिरेन्द्रनगरले सम्पूर्ण स्थानीयवासीलाई स्वास्थ्य शिविरमा सहभागी भई सेवा लिन हार्दिक अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्