२०८२ माघ १७ गते शुक्रवार

खेत जोत्दै गरेका किसान ५०० मिटर तल खस्दा मृत्यु, गोरूको पनि घटनास्थलमै ज्यान गयो



खेत जोत्दै गरेका किसान ५०० मिटर तल खस्दा मृत्यु, गोरूको पनि घटनास्थलमै ज्यान गयो
कमल कुमार शाही
स्वाभिमान खबर,
बैशाख ३१
बझाङ , बझाङ जिल्लाको बुंगल नगरपालिका–८ स्थित ऐडीगाउँ उस्कुलामा मकै रोप्न खेत जोत्ने क्रममा ५०० मिटर तल खस्दा एक किसानको ज्यान गएको छ।
मृतक किसान ५५ वर्षीय सुका ऐडी रहेको स्थानीय स्रोतले जनाएको छ।

घटनामा हल गोरूसहित खेत जोत्ने क्रममा अचानक चिप्लिएर खोँचमा खस्दा गोरूको घटनास्थलमै मृत्यु भएको थियो भने, गम्भीर घाइते भएका किसान ऐडीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

तलको तस्वीरमा मृतक सुका ऐडीलाई देख्न सकिन्छ, जसलाई दुर्घटनापछि गाउँलेहरूले उद्धार गरेका थिए:

 

घटनाले गाउँमा शोकको छाया छाएको छ। अहिले बझाङका गाउँहरूमा मकै रोप्ने चटारो चलिरहेको छ। यस्तो बेला आफ्नो खेतमा काम गर्दै गर्दा ज्यान गुमाउनु परेको यो घटना हृदयविदारक रहेको स्थानीयवासीहरू बताउँछन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
स्वाभिमान खबर परिवार दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार