२०८३ असोज ५ गते सोमवार

दैलेख कांग्रेसको वडा नेतृत्वमा २४ वर्षीय अमर खत्री, निर्विरोध सभापतिमा निर्वाचित



दैलेख कांग्रेसको वडा नेतृत्वमा २४ वर्षीय अमर खत्री, निर्विरोध सभापतिमा निर्वाचित

कमल कुमार शाही
स्वाभिमान खबर, असोज -५, सुर्खेत
दैलेख । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेखको महाबु गाउँपालिका–१, खरिगैरामा युवा पुस्ताले वडा नेतृत्व सम्हालेको छ। २४ वर्षीय अमरबहादुर खत्री वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

असोज ३ गते सम्पन्न वडा अधिवेशनबाट खत्रीलाई सर्वसम्मत रूपमा सभापतिको जिम्मेवारी दिइएको हो। नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आएका खत्रीले वडा नेतृत्वको जिम्मेवारी पाएसँगै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पार्टीका अग्रज नेताहरूको अनुभव, सुझाव र मार्गदर्शनलाई आत्मसात् गर्दै युवाहरूलाई कांग्रेसको संगठनसँग जोडेर अघि बढ्ने बताएका छन्। युवा पुस्ताको सहभागिताले संगठनलाई नयाँ ऊर्जा र गतिशीलता दिने उनको विश्वास छ।

खत्रीको नेतृत्वमा निर्वाचित वडा कार्यसमितिको उपसभापतिमा ताराकुमारी थापा र सहबिर दर्जी चयन भएका छन्। त्यस्तै सचिवमा दीपा खत्री तथा सहसचिवमा दानबहादुर राहुललगायतका पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।
२४ वर्षको उमेरमै वडा सभापतिको जिम्मेवारीमा पुगेका खत्रीको निर्विरोध चयनलाई महाबु–१ मा कांग्रेसको स्थानीय संगठनमा युवा पुस्ताको नेतृत्व विकास र पुस्तान्तरणको एउटा उदाहरणका रूपमा लिन सकिन्छ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार