असोज १८ , सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको आयोजनामा वर्तमान परिस्थिति र नेपाली बिशेषताको समाजवाद बिषयक अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ। सुर्खेतको वीरेन्द्रनगर स्थित होटेल भिजिट रारा मा भएको कार्यक्रम को अध्यक्षता पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज कमरेड धुब्र सी ले गर्नुभएको थियोे ।कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा स्कुलिङ बिभाग प्रमुख कमरेड भरत बम रणबिर सी ले कार्यक्रम को प्रमुख आतिथ्य पार्टी केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चा नेपालका संयोजक कमरेड विराट सी पार्टी केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्यूरो इन्चार्ज कमरेड बिवेक सी पार्टी केन्द्रीय सदस्य कमरेड टेक्निकल सी लगायत कार्यक्रममा राजनीतिक दलका नेता तथा बिबिध क्षेत्रबाट कार्यक्रम मा उपस्थिति हुनुभएको थियोे । एकीकृत समाजवादी पार्टीका का नेता शिव प्रसाद उपाध्य नेपाल समाजवादी पार्टीका का कमरेड सगरमाथा , राष्ट्रिय प्रजातान्त्रिक पार्टीका सूर्य खत्री , लामो सम्मय कम्युनिस्ट पार्टीमा योगदान गरेका नेता लिलाधर गौतम , बामपंथी साहित्यकार तथा कवि पृथ्वी बहादुर सिंह ,मध्यपश्चिम बिश्वबिद्धालयका शिक्षा संकायका डिन यमलाल कार्की , ब्यवस्थापन का डिन दिप बहादुर रावल लगायत को उपस्थिति रहेको थियो ।
https://youtu.be/jpbfJHU4Vbc?si=Rn9ofK-2wsQV9uxv
कार्यक्रममा प्रमुख अतिथि कमरेड रणबिर सी ले तीन पृष्ठको नेपाली बिशेषता सहितको समाजवादका बिशेषताको राजनीतिक प्रस्तावलाई वाचन गरेर सुनाउनु भएको थियोे । राजनीतिक प्रस्ताव वाचन पश्चात डिन सर यमलाल कार्की सर ले प्रस्तावमाथि आफ्नो पूर्ण समर्थन रहेको समाजवादी ब्यवस्था ल्याउन को लागि आफ्नो तर्फबाट सक्दो सयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो भने बामपंथी साहित्यकारले समाजवादको लागि ठूलाठूला आन्दोलन र क्रान्ति भए तर वास्तविक समाजवाद आउन सकेन । नेपालमा कम्युनिस्ट नेता तथा नेतृत्व रुपमा कम्युनिस्ट भए पनि व्यबहारमा देखिएन र समस्या देखा पय्रो यसलाई सुधार गरेर जानुपर्ने र नेपाली बिशेषता को समाजवाद कोलागि सबै मिलेर आन्दोलन गर्नुपर्ने सुझाव दिनुभयो ।
एकीकृत समाजवादीका नेताले राजनीतिक प्रस्ताव माथि समर्थन जनाउनु भयो र समाजवाद ल्याउन को लागि सबै नेपालका कम्युनिस्ट पार्टी मिलेर जानुपर्ने र यसलाई जनता माझ लियर व्यापक प्रचारप्रसार र छलफल वहस चलाउन सुझाव दिनुभयो र यस्तो कार्यक्रम समाजवादी मोर्चा मार्फत पनि गर्नुपर्ने बताउनु भयो ।नेपाल समाजवादी पार्टीका नेता कमरेड सगरमाथाले समाजवादी क्रान्तिका लागि नेपाली जनताले धेरै पटक क्रान्ति गरेर तर समाजवाद स्थापना हुनसकेन ।नेपाल मा समाजवादी ब्यवस्था ल्याउनको लागि लडिरहेका कम्युनिस्ट पार्टी मध्ये विप्लव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीको आकर्षण प्रति सकारात्मक रहेको र अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई समेत संगै मिलायर जान सुझाव दिनुभयो ।

नेता तथा वक्ताले दिएको सुझाव संदेश र चासोलाई रणबिर सी ले स्पष्ट पार्नुभएको थियो थप राजनीतिक प्रस्ताव माथि सारमा नेपाल मा समाजवादी ब्यवस्था ल्याउनको ला लाग क्रान्ति भए ती सबै अरुको नक्कल गर्दा सफल हुन सकेनन् । नेपाली बिशेषता को समाजवाद ले नेपाली मौलिकता र बिशेषतालाई सम्बोधन गर्छ र नेपालमा आवश्यक छ यसले मात्रै नेपाली जनता लाई अधिकार सम्पन्न गर्द छ भनुभयो ।














प्रतिक्रिया दिनुहोस्