२०८३ कार्तिक १० गते सोमवार

भोटेकोशी बाढीपीडितका लागि दुर्गाथलीका प्रवासी नेपालीबाट रु. २ लाख सहयोग



भोटेकोशी बाढीपीडितका लागि दुर्गाथलीका प्रवासी नेपालीबाट रु. २ लाख सहयोग
कमल कुमार शाही
स्वाभिमान खबर, असोज २०
धनगढी । भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि भारतमा रहेका नेपालीहरूको एक संस्थाले रु. २ लाख सहयोग गरेको छ।


दुर्गाथली गाउँपालिकाको भारतस्थित लाङ्गा मन्दिर निर्माण समिति तथा हिन्दुस्तान नेपाली जनकल्याण समितिका अध्यक्ष शिवराज विष्ट र समितिका सम्पूर्ण सदस्यहरूको सहयोगमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख जम्मा गरिएको हो।
समितिका अध्यक्ष विष्टले धनगढीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश कार्यालयलाई सहयोगबारे जानकारी गराउँदै, सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशी तथा डा. तारा जोशीको सुझावअनुसार धनगढीस्थित कुमारी बैंकमार्फत प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको जानकारी दिएका छन्।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताइएको छ।


सहयोगप्रति रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशी र डा. तारा जोशीले अध्यक्ष शिवराज विष्ट तथा समितिका सम्पूर्ण सदस्यप्रति धन्यवाद व्यक्त गरेका छन्।
भारतमा रहेर पनि मातृभूमि तथा नेपाली समाजप्रतिको सामाजिक जिम्मेवारीलाई निरन्तरता दिँदै आएका विष्टले भारतमा रहेका नेपालीहरूलाई उद्यमशीलता तथा रोजगारीसँग जोड्ने कार्यमा समेत योगदान गर्दै आएको बताइएको छ।
विपद्का बेला पीडितको साथमा उभिँदै राहत कोषमा गरिएको यस सहयोगले मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
संकटमा साथ दिनु नै सच्चा मानवता हो।


मिडिया को तर्फ बाट  अध्यक्ष शिवराज विष्ट तथा लाङ्गा मन्दिर निर्माण समिति र हिन्दुस्तान नेपाली जनकल्याण समितिका सम्पूर्ण सदस्यप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार