चट्याङले अछाममा : चार जना घाइते, स्थानीय सरकारले गर्यो उपचारका लागि पहल
कमल कुमार शाही
स्वाभिमान खबर, असार १९
अछाम, विनायक — अछामको पञ्चदेवल विनायक नगरपालिका–८, गनिउलेमा शुक्रबार परेको चट्याङका कारण चार जना घाइते भएका छन्। घटनापछि स्थानीय सरकारले घाइतेहरूको उद्धार तथा उपचारका लागि तत्काल पहल गरेको छ।
प्राप्त जानकारीअनुसार चट्याङ लागेर जैसरा कसेरा र कर्ण मिजार गम्भीर घाइते भएका छन्। त्यसैगरी सेरे मिजार र सपना कसेरा पनि घाइते भएका छन्। साथै चट्याङका कारण दुई वटा चौपाया मरेका छन्, जसबाट प्रभावित परिवारलाई आर्थिक क्षति समेत पुगेको छ।
घटना लगत्तै पञ्चदेवल विनायक नगरपालिका–८ का वडा अध्यक्ष छत्र बहादुर शाही को नेतृत्वमा स्वास्थ्यकर्मीको टोली सहित प्रभावित क्षेत्रको बोरागाँउ टोल सम्म पुगेको छ। घटना स्थल सम्म सडक यातायात सेवा नभएकाले बोरागाँउ टोल सम्म स्टेचर मा घाइतेहरुलाई स्थानीयहरुले बोकेर लिइरहेको स्थानीय रमेश मिजारले बताए का छन्। पानि र वर्षा का कारण समस्या भएको छ । उदारटोलीले घाइतेहरूको प्राथमिक उपचार गर्दै थप उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाएको जनाएको छ। उपचारका लागि आवश्यक सवारीसाधनको समेत व्यवस्थापन गरिएको स्थानीय स्रोतले जनाएको छ।
स्थानीयका अनुसार पञ्चदेवल विनायक नगरपालिकाको माथिल्लो क्षेत्र, विशेषगरी काटिया, तुरबन, गनिउले र तामाकोट आसपासका बस्तीमा हरेक वर्ष चट्याङका घटना दोहोरिने गरेका छन्। यसले स्थानीयवासीमा त्रास सिर्जना गर्नुका साथै मानवीय र पशुधनको क्षति हुने क्रम पनि बढ्दै गएको छ।
घटनापछि स्थानीयवासीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित निकायसँग प्रभावकारी उपचार, राहत तथा दीर्घकालीन रूपमा चट्याङको जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन र आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न माग गरेका छन्।
यस घटनाबारे थप विवरण संकलन भइरहेको छ। सम्बन्धित निकायबाट प्राप्त हुने आधिकारिक जानकारीअनुसार समाचार अद्यावधिक गरिने छ ।













प्रतिक्रिया दिनुहोस्