२०८३ साउन १४ गते बिहिवार

नयाँ सालकाे शुभकामना  देउडा गितबाट- चीन सी



नयाँ सालकाे शुभकामना  देउडा गितबाट- चीन सी

रिगि घुमी अझ आइगैई हाम्रा नयाँ साल
परिवर्तन गरन्ना सोचे उस्तै देशको चाल ।
समर्थन गरेकै थियौ नयाँ गरे भनी
सरकार फेर्न ठिक्क भयो असी साल पनि।।
दिनदिनै रौनक लाग्दा देशको हाल देखे
कार्यान्वयन गर्नु छैन खोस्टा मात्र लेखे।।
सताया भोट माग्ने बेला उनासी सालमा
कायापलट भन्दै थिए बिकाश फाले जालमा।।
जनता सचेत नभए अब देश बिदेशले लिन्छ
एकासिले यहि सन्देश पक्कै पनि दिन्छ।।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार