माओवाद छोड्नेको चर्तीकला
हिजो रातो झण्डा ओढे।
आज रङ फेरेर मञ्च चढे।।
नारा बदलियो,सहिदका सपना बेचियो।
अबसरबादको बत्ती देखेपछि बाटो मोडिदिए।।
क्रान्ति भन्थे मुखले हिजो।
आज कुर्सीको गणितिय पढ्छन्।।
सिद्धान्त बिचल्ली अवसरको बहाना बन्यो।
फाइदा आएपछि क्रान्तिकारी पल्टिन्छन्।।
लफङ्गाहरु बने विचारका क्रान्तिका व्यापारी।
चर्तीकला नाङ्गो नाच्दै छन शून्य मन।।
जनताको पसिनामा भ्रम मच्चाउन कोसिस गर्दैछन।
माओवादी आन्दोलन सँग खेलवाड गर्दै छन।।
जहाँ संघर्ष थियो, त्यहाँ सेल्फी।
जहाँ बलिदान छ त्यहाँ भाषण।।
सहिदका सपना हरायो, अवसरले सहिदहरु किनबेचमा आयो।
क्रान्ति भयो केवल माओवाद बेच्नेहरु घेराउमा ।।
तर सम्झ, इतिहास मौन छैन।
दलालले बन्छ, नाम रहन्छ।।
आज ताली पाउने चर्तीकला।
भोलि प्रश्न बनेर उभिन्छ।।
लेखक – विवेक किक्रम सी
प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार














प्रतिक्रिया दिनुहोस्