२०८३ साउन १२ गते मङ्गलवार

अछाममा माओवादी जिल्ला समितिको बैठक सम्पन्न: तीन नेताको नाम सिफारिस



 

अछाममा माओवादी जिल्ला समितिको बैठक सम्पन्न: तीन नेताको नाम सिफारिस
कमल कुमार शाही
स्वाभिमान खबर,पुष २६
अछाम — नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अछाम जिल्ला समितिको बैठक सम्पन्न भएको छ। बैठकले सर्वसम्मत निर्णय गर्दै अछामका दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा तीन जना नेताको नाम सिफारिस गरेको छ।

जिल्ला समितिको निर्णयअनुसार अछाम निर्वाचन क्षेत्र नं. १ बाट भरत बहादुर बम ( रणबिर सी) र उज्जवल साउद (विजय सी) लाई सिफारिस गरिएको छ। यस्तै, अछाम निर्वाचन क्षेत्र नं. २ बाट शेरबहादुर विश्वकर्मा (दर्शन सी) लाई उम्मेदवारका रूपमा अघि सारिएको छ।

बैठकमा पार्टीको वर्तमान संगठनात्मक अवस्था, राजनीतिक गतिविधि तथा आगामी निर्वाचन तयारीका विषयमा छलफल भएको जिल्ला समितिले जनाएको छ। पार्टीका अनुसार उम्मेदवार छनोट प्रक्रिया पार्टीभित्र व्यापक छलफल र सहमतिका आधारमा टुंगो लगाइएको हो।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अछाम जिल्ला समितिले सिफारिस गरिएका नामहरूलाई जिल्ला पार्टीको निर्णयका रूपमा केन्द्रमा पठाइसकेको र यसबारे सम्बन्धित सबै निकाय तथा पक्षलाई औपचारिक जानकारी गराइएको जनाएको छ।

पार्टी नेतृत्वले सिफारिस गरिएका नेताहरू जनआधार, संगठनात्मक अनुभव र राजनीतिक योगदानका आधारमा अघि सारिएको बताउँदै आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार