कानाे गाेरू जस्ताे छ सरकार………..! – मन बहादुर चौधरी
स्वाभिमान खबर ,बैशाख २
काठमाडौं
कानाे गाेरू जस्ताे छ सरकार आँखै खाेल्दैन
कान पाकेर बहिराे भाछ सरकार कत्ति सुन्दै सुन्दैन
शिक्षकलाई कमैया कम्लहरी सम्झिन्छ दास झैँ
सरकार कस्ताे छ? धड्कनबिनाकाे मरेकाे लाश झैँ
पटक पटक झम्टिरहन्छ निरिह शिक्षकमाथि बाघ झैँ
वर्षाैदेखि पटकपटक माइतीघर मण्डला तताए पनि
लिखित गरी गरी माग मुद्दा स्पष्ट बताए पनि
टन्टलापुर घाममा सडक तताए पनि
तिमलाई कसले पढायाे ? मन्त्री कसले बनायो ?
भनेर जत्ति कराए पनि
खै कस्ताे सरकार हाे ?
कानाे गाेरू जस्तो छ सरकार आँखै खाेल्दैन
कान पाकेर बहिराे भाछ सरकार कत्ति सुन्दै सुन्दैन
मन बहादुर चौधरी
श्री कृष्ण संस्कृत तथा साधारण मा. वि वीरेन्द्रनगर -इत्राम , सुर्खेत का शिक्षक हुन
प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार













प्रतिक्रिया दिनुहोस्