२०८३ भाद्र २७ गते शनिवार

मंगलगगढी चौककाे क्रसर उद्योग उठाउन माग गर्दै नेकपा सुर्खेतले नगरपालिकालाई ज्ञापनपत्र बुझायो



मंगलगगढी चौककाे क्रसर उद्योग उठाउन माग गर्दै नेकपा सुर्खेतले नगरपालिकालाई ज्ञापनपत्र बुझायो
मंसिर २५ ,सुर्खेत
कमल कुमार शाही
वीरेन्द्रनगर सुर्खेत मंगलगगढी चौककाे क्रसर उद्योग उठाउन माग गर्दै नेकपा सुर्खेतले नगरपालिकालाई ज्ञापनपत्र बुझाएकाे छ ।

मंगलबार वीरेन्द्रनगर वडा नम्बर ६ मंगलगढी चौककाे पुरानो बसपार्कमा रहेको MS Khadka KSK JV काे क्रसर उद्योगलाई उठाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी वीरेन्द्रनगर नगरकमिटी सेक्रेटरी श्याम सी ले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाएको हाे ।
क्रसर उद्योग संचालन तथा नवीकरण सम्बन्धि मापदण्ड२०७९  पूरा  नगरेको आराेप नेकपा सुर्खेतले लगाएको छ ।

उद्योगले यस नगरपालिकाकाे वातावरण प्रदुषण गरेकाे क्रसर उद्योगबाट निस्कने धुवाँले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कारण ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।यस क्रसर उद्योगकाे बिषयमा पछिल्लो समय धेरै मानवीय चहलपहल हुने बजार नजिक भएको सार्वजनिक स्थलमा क्रसर उद्योग संचालन हुदा व्यापकरपमा जन गुनासो आइरहेको छ ।

नगरपालिकाले नगरपालिका भित्र एम साथ ४८ वटा राेड पिच गर्नुपर्ने भएकोले यसको लागि क्रसर उद्योग यहाँ अस्थायीरुपमा काम सम्पन्न गरुनजेल राखिएको मेयर मनमाया ढकालले बताउनुभयो । क्रसर उद्योग छिटै केही दिनमा जाने पनि मेयरले बताउनुभयो ।
साथै यस नगरपालिका भित्र अबैधरुपमा रहेका टिउसन कक्षा भाषा कक्षा र परामर्शदाता कार्यालयलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र यसप्रकार रहेको छ ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार