२०८२ चैत्र १९ गते बिहिवार

उठ रामारोशन, जाग रामारोशन



उठ रामारोशन, जाग रामारोशन,

­उठ रामारोशन, जाग रामारोशन,
विहानी उषाकिरणसँग सामिप्यता गाँस्दै
अगाडि बढ, रामारोशन!

माओवादको आलोकमा,
समाजवादको दृढ सपना बोकेर
हिजो तिमी लड्यौ,
देशले गणतन्त्र रूपी शिशु पायो,
तिमी उमंगमा नाच्यौ।

तर अपसोच
गणतन्त्र रूपी शिशु
कुपोषणको सिकार बन्यो!!

माओवादको आलोक देखाउने नेताहरू
अर्कै बाटो हिँडेपछि,
आऊ, तिमी–हामी एक भएर
सहिदहरूको अपुरो सपना
पूरा गर्न अघि बढौँ, रामारोशन!

लेखक – निरक शाही (सी)

प्रकाशित मिति : २०८२ पुष ४ गते शुक्रवार