२०८२ माघ १७ गते शुक्रवार

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रावत (भोटे)द्वारा सहकारी कार्यालयमै दुर्व्यवहार : नेफ्स्कुनका कर्मचारी तिमिल्सैनामाथि हातपात



नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रावत (भोटे)द्वारा सहकारी कार्यालयमै दुर्व्यवहार : नेफ्स्कुनका कर्मचारी तिमिल्सैनामाथि हातपात
कमल कुमार शाही
स्वाभिमान खबर , पुष १९
सुर्खेत। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) को सुर्खेतस्थित सदस्य सेवा केन्द्रमा गम्भीर प्रकृतिको दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा नेफ्स्कुनका सञ्चालक बीरबहादुर रावत (भोटे) ले कार्यालयमै नेफ्स्कुनका कर्मचारी पुष्पराज तिमिल्सैनामाथि हातपात गरेको भिडियो सार्वजनिक भएको छ ।

प्राप्त भिडियोअनुसार रावत (भोटे) अनैतिक शैलीमा सहकारी को कार्यालयमा प्रवेश गर्छन् कर्मचारीले रावतलाई बाहिर जान भनेको सुनिन्छ र रावतले पख भन्दै धम्की पुर्ण भाषामा कार्यालय को ढोकाको चुकुल लगाएर काउन्टर तिर प्रवेश गर्छन् र मोबाइल फोन झिकेर फोन गरेको जस्तो देखिन्छ तेहि बिचमा सोफामा बसेका कर्मचारी तिमिल्सैनाको कठालो समातेर हातपात गरेको भिडियोमा देखिन्छ। खर्च को कुरा चन्द्रा माग्दाको विषयलाई लिएर भएको विवाद चर्किँदै जाँदा रावतले कर्मचारी तिमिल्सैनाको कठालो समातेको बताइएको छ। सहकारीजस्तो मर्यादित र संस्थागत अनुशासनमा आधारित कार्यस्थलमा नेतृत्व तहबाटै यस्तो व्यवहार हुनु गम्भीर र निन्दनीय भएको कर्मचारी तथा सहकारीकर्मीहरूको प्रतिक्रिया छ।
घटनापछि सेवा केन्द्रको वातावरण तनावग्रस्त बनेको बताइएको छ। कर्मचारी सुरक्षाको विषयलाई लिएर सहकारी क्षेत्रभित्र व्यापक चिन्ता व्यक्त गरिएको छ भने घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग उठ्न थालेको छ। ५२ वर्षीय रावत रेडियो बुलबुलेका अध्यक्षसमेत हुन्।

सहकारी क्षेत्रका जानकारहरूका अनुसार सहकारी संस्थामा नेतृत्वको व्यवहारले संस्थाको विश्वसनीयता र जनविश्वास निर्धारण गर्छ। नेतृत्व तहका व्यक्तिबाटै कर्मचारीमाथि दुर्व्यवहार हुनु सहकारी आन्दोलनको मूल्य, मान्यता र आचारसंहिता विपरीत भएको उनीहरूको भनाइ छ।
घटनाका विषयमा नेफ्स्कुनको केन्द्रीय कार्यालय तथा सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया आउन बाँकी छ। सहकारी कार्यालयमै भएको भनिएको यस घटनाले सहकारी क्षेत्रमा सुशासन, जवाफदेहिता र कर्मचारी अधिकारको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।

भिडियो

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार