२०८३ भाद्र २९ गते सोमवार

सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित



सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
स्वाभिमान खबर , फागुन २८
सुर्खेत । त्रिभुवन विश्वविद्यालयकाे आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा निर्वाचनलाई लिएर बिवाद हुदा अर्को सुचना नआउनजेल निर्वाचन समितिले अहिलेलाई निर्वाचन स्थगित गरेको छ ।

फागुन २७ गते निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ बजे सम्म उमेदवारी दर्ता गरि सक्नुपर्नेमा २ बजे पछि उमेदवारी दर्ता गर्न लाग्दा अखिल (क्रान्तिकारी )ले दर्ता गर्न नदिएर निर्वाचनको कार्यालय बन्द गरे पछि हतारमा उमेदवारीकाे लागि आवश्यक कागजात मिलाए फाइल पेस नगरेको भन्दै अनेरास्ववियुले दर्ता गर्ने समय थप गर्नुपर्ने माग राखेको थियो ।

साे बिषयमा निर्वाचन कार्यालयमा पेस भएको उमेदवार काे फाइलमा उमेदवारकाे अपुग कागजात थप गर्न पाउनुपर्ने तर उमेदवार काे नाम र पद परिवर्तन गर्न नपाउने निर्णय निर्वाचन समितिले गरेर सुचना निकाले पछि उत्पन बिबादले उर्गरुप लिए पछि अहिलेलाई अर्को सुचना नआउनजेल स्थगित भएको  निर्वाचन समितिले निकालेको सुचना मा उल्लेख गरिएको छ । स्ववियु निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते निर्वाचन हुने थियोे ।

निर्वाचन स्थगित काे सुचना यसप्रकार छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार