२०८३ भाद्र ३० गते मङ्गलवार

जाजरकोटमा पुलबाट खसेर एक युवकको मृत्यु।



जाजरकोटमा पुलबाट खसेर एक युवकको मृत्यु ।

१६ माघ ,जाजरकोट
जाजरकोटमा पुलबाट खसेर एक जनाको युवाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५, अरारी बस्ने वर्ष २८ का राज कुमार शाहीको मृत्यु भएको हो । नलगाडको दल्लीमा भईरहेको रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा नर्सिङघाट खोलाको झुलुङ्गे पुलबाट खसेर शाही घाइते भएका थिए ।

शाहीको टाउको र शरिरको भित्री भागमा चोट लागेको थियो । उनलाई प्राथामिक उपचार अस्पताल दल्लीमा लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज पठाइएकोमा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी सन्तोष रोकाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार