२०८२ माघ १७ गते शुक्रवार

१६ औँ राष्ट्रपति रनिङ सिल्डमा मालिका माविको तीन स्वर्ण



१६ औँ राष्ट्रपति रनिङ सिल्डमा मालिका माविको तीन स्वर्ण
कमल कुमार शाही
स्वाभिमान खबर,पुष १४
अछाम । पञ्चदेवल विनायक नगरपालिका अछाममा सम्पन्न नगरपालिका स्तरीय छनोट अन्तर्गत १६ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा श्री मालिका माध्यमिक विद्यालयले तीन स्वर्ण पदक जित्दै उत्कृष्ट नतिजा हासिल गरेको छ। प्रतियोगितामा मालिका माविले छात्रतर्फ भलिबलमा प्रथम स्थान, तथा कबड्डीमा छात्र र छात्रा दुवै तर्फ प्रथम स्थान हासिल गर्दै कुल तीन स्वर्ण पदक जित्न सफल भएको हो।

पुष १३ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो।

रनिङशिल्ड मा विद्यालयबाट सहभागी सम्पूर्ण खेलाडी शिक्षक खुसी भएको छन् पदक प्राप्त गरेकोमा । खेलाडीहरु खु सी भएका छन् भने थप हौसला र उत्साह  खेलाडीहरुमा  देखिन्छ। विजय प्राप्त गरे पछि खेलाडी र समर्थक खेलमैदानमा नाचेर रमाइलो गरेका थिए।

भलिबल, कबड्डी, एथलेटिक्सलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको प्रतियोगिताको उद्देश्य विद्यालय तहका प्रतिभावान खेलाडीको पहिचान, स्वास्थ्य, अनुशासन र खेल भावना विकास गर्नु रहेको थियो।

खेलाडीहरूको मेहनत, खेल शिक्षकको मार्गदर्शन र विद्यालय प्रशासनको सक्रियताले यो सफलता सम्भव भएको विद्यालयका प्रधानाध्यापक तपेन्द्र बहादुर शाहीले बताउनुभयो। विद्यालय परिवारले यस उपलब्धिमा योगदान पुर्‍याउने खेल शिक्षक, प्रशिक्षक, सहयोगी शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद ब्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ पुष १४ गते सोमवार