२०८३ साउन १२ गते मङ्गलवार

रविलाई धरौटीमा छाड्न आदेश



रविलाई धरौटीमा छाड्न आदेश
पौष २५ , कास्की
कमल कुमार शाही
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले रविलाई धरौटीमा छाड्न आदेश दिएको छ। आज पौष २५ गते कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हाे । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

लामिछाने गत कार्तिक २ गते पक्राउ परेका थिए । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरणमा मुद्दा चलाइएको थियो । पुस १६ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिएसँगै आदेश आएको हो । कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिए लामिछानेले धरौटी रकम अदालतमा जम्मा गरे पछि आज नै छुटने छन्  । आज छुटे पनि   उनीविरुद्ध पर्सा, रुपन्देही, चितवन र काठमाडौंमा पनि मुद्दा  पुन पक्राउ पर्ने सम्भावना भने रहेको छ ।

बुधवार थुनछेक बहस सकिएपछि न्यायाधीशले रवि लामिछानेलाई बोल्न समय दिएका थिए। त्यसक्रममा लामिछानेले आफूलाई थुना बाहिरै बसेर मुद्दा लड्ने अवसर दिन माग गरेको विवरण आएका थिए।

सहकारी संस्थाको बचत अपचलनमा लामिछाने सहित ग्यालेक्सी टेलिभिजनका तत्कालीन सञ्चालकहरू जीबी राई र छविलाल जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ।

अधिकारीहरूका अनुसार पोखराको सूर्यदर्शन सहकारी ठगीमा लामिछाने, राई र जोशी सहित ६३ जना प्रतिवादी छन्।

लामिछानेलाई फरकफरक कसुरमा छुट्टाछुट्टै सजाय माग गरिएको अधिकारीहरूले बताएका छन्।

अभियोजन पत्रमा सम्पत्ति शुद्धीकरण मामिलामा लामिछानेले २७ करोड ८९ लाख ४४ लाख रुपैयाँ गैरकानुनी ढङ्गले आर्जन दाबी गरिएको छ।

अदालतको आदेशप्रति रास्वपा नेताहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। रास्वपाका कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले सामाजिक सञ्जालमा लेखेका छन्, “जय होस्।”

‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धान पश्चात सम्बन्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसूरमा छुटी जान सक्नेछन् । अदालत काे आदेश मा भनिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार