२०८३ जेष्ठ १४ गते बिहिवार

जिल्ला स्तरीय क्रिकेटमा उत्साह: कमल सि द्वारा क्रिकेट सामग्री हस्तान्तरण ।



जिल्ला स्तरीय क्रिकेटमा उत्साह: कमल सि द्वारा क्रिकेट सामग्री हस्तान्तरण ।
कमल कुमार शाही
स्वाभिमान खबर, बैशाख ४
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका अन्तर्गत जाफ्रीमा नयाँ वर्ष २०८३ को अवसरमा आयोजित जिल्ला स्तरीय खुला क्रिकेट प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण थप बढाएको छ। जनचेतना युवा समाज जाफ्रीद्वारा आयोजित उक्त प्रतियोगितामा युवा नेता कमल सि स्वयं उपस्थित भई क्रिकेट बलहरू सहयोग प्रदान गर्नुभएको छ।


उहाँको उपस्थितिले प्रतियोगितामा सहभागी खेलाडीहरूमा थप उत्साह र हौसला जागेको आयोजकले जनाएको छ। खेलकुदमार्फत युवाहरूलाई सकारात्मक दिशामा उन्मुख गराउने उद्देश्यले गरिएको यस सहयोगलाई समाजले महत्वपूर्ण कदमका रूपमा लिएको छ।
जनचेतना युवा समाज जाफ्रीले कमल सिको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८३ को शुभकामना समेत दिएको छ। साथै, उहाँको राजनीतिक तथा सामाजिक यात्रामा निरन्तर सफलता र प्रगतिका लागि शुभेच्छा व्यक्त गरिएको छ।


स्थानीय स्तरमा यस्ता पहलले खेलकुद विकाससँगै युवाहरूको सक्रिय सहभागिता बढाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ५ गते शनिवार