२०८२ चैत्र १९ गते बिहिवार

कर्णाली खेलकुदमा रविन चन्द सदस्य सचिव नियुक्त



कर्णाली खेलकुदमा रविन चन्द सदस्य सचिव नियुक्त

कमल कुमार शाही

स्वाभिमान खबर, चैत १२ सुर्खेत

सुर्खेत , कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन चन्द नियुक्त भएका छन्। प्रदेश सरकारको निर्णयअनुसार गरिएको उक्त नियुक्तिले कर्णालीको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र आशा थपिएको छ।

रविन चन्द लामो समयदेखि खेलकुदसँग सम्बन्धित गतिविधिमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। खेलकुदप्रति उनको लगाव, व्यवस्थापन क्षमता र युवामाझको लोकप्रियताले उनलाई यो जिम्मेवारीमा पुर्‍याएको बताइएको छ।

उनको नियुक्ति पछि उहाँ लाई बधाई सहित समर्थकहरूले अबिर, फूलमाला र फूलगुच्छा प्रदान गर्दै उनलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

स्थानीय खेलकुदकर्मीहरूले चन्दको नेतृत्वमा कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार विकास, प्रतिभा पहिचान तथा खेलाडी उत्पादनमा सुधार आउने विश्वास व्यक्त गरेका छन्। विशेषगरी दुर्गम क्षेत्रका खेलाडीहरूलाई अवसर दिनुपर्ने मागसमेत उठिरहेको छ।

नवनियुक्त सदस्य सचिव चन्दले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै खेलकुद क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताएका छन्। उनले प्रदेशका हरेक जिल्लामा खेलकुद गतिविधि विस्तार गर्ने, प्रशिक्षण प्रणाली सुधार गर्ने र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य रहेको बताएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार