२०८२ माघ १७ गते शुक्रवार

कर्णाली याक्सको धमाकेदार जित : मार्क वाटको विस्फोटक शतकले लुम्बिनी लायन्स पराजित



कर्णाली याक्सको धमाकेदार जित : मार्क वाटको विस्फोटक शतकले लुम्बिनी लायन्स पराजित

कमल कुमार शाही
स्वाभिमान खबर, असोज ६
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरेको छ । विदेशी स्टार अलराउन्डर मार्क वाट को विस्फोटक शतकले कर्णालीको जितलाई झन् प्रभावशाली बनाएको हो ।

पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा १५७ रनको लक्ष्य कर्णालीसमक्ष राखेको थियो । लायन्सले सुरुवात राम्रो गरे पनि मध्य ओभरदेखि कर्णालीका बलरहरूले खेल नियन्त्रणमा लिँदै रन–रेट दबाबमा पारे । लगातार विकेट झर्दै गएपछि लुम्बिनी अपेक्षित उच्च स्कोर बनाउन असफल भयो ।

१५७ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको कर्णाली याक्सका लागि आजको खेल पूर्ण रूपमा मार्क वाटको प्रदर्शनमा केन्द्रित रह्यो । उनले ४४ बलमा धुवाँधार १०४ रन प्रहार गर्दै एनपिएल सिजन–२ को सबैभन्दा आकर्षक शतक बनाए । वाटले आफ्नो इनिङ्समा ६ चौका र १० छक्का प्रहार गर्दै लुम्बिनीका बलरहरूलाई क्षण–क्षणमा दबाबमा राखे ।

वाटलाई बोसिस्टोले २९ रन बनाएर उत्तिकै उत्कृष्ट साथ दिए । दुवैबीचको तेज साझेदारीले कर्णालीले सानदार रूपमा लक्ष्य पछ्याउने वातावरण बन्यो ।
कर्णाली याक्सले खेलेको आक्रामक क्रिकेटका कारण ११.५ ओभरमै १५७–१ रन बनाउदै विजय भएको हो ।

कर्णाली याक्सका क्याप्टेनले खेलपछि प्रतिक्रिया दिँदै भने — “वाटको इनिङ्स हाम्रो जितको मेरुदण्ड बन्यो, बलरहरूले दिएको आधारलाई उनले शानदार रूपमा पूरा गरे।”
यस जितसँगै कर्णाली याक्स एनपिएल सिजन–२ मा बलियो दावेदारका रूपमा उभिएको छ । बलिङ, ब्याटिङ र रणनीति—सबै पक्षमा टिम धेरै सन्तुलित र आत्मविश्वासी देखिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार