६ वर्षमा पनि जयगढ–रामारोशन सडक कालोपत्रे भएन, जनताको चर्को आक्रोश
कमल कुमार शाही
स्वाभिमान खबर, कार्तिक १२
अछाम ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोड्ने मुख्य सडकखण्ड आर्थिक वर्ष २०७६/७७ मा ठेक्का लगाइएदेखि सात वर्ष बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन। ठेकेदारको निरन्तर लापरबाही, बहानाबाजी, र सरकारी अनुगमनको कमजोर व्यवस्थाका कारण स्थानीय जनता र पर्यटक दुवै प्रभावित छन्।
यो सडकखण्ड कालोपत्रे गर्न तीन भागमा बाँडिएको थियो—
जयगढ–गौता खोला (१२.४३८ किमी) : ठेकेदार बज्रगुरु कन्ट्रक्सन, सम्पर्क: उज्ज्वल खड्का – ९८४७१३८६०६
गौता खोला–मुजाबगर (८ किमी) : ठेकेदार अनक जयदेवी निर्माण सेवा, सम्पर्क: बिरेन्द्र शाही – ९८५८०८५७९४
मुजाबगर–दल्लेना (२३.३ किमी) : ठेकेदार पी.एस. बानिया कन्ट्रक्सन, मकवानपुर, सम्पर्क: हरिकृष्ण ढुंगाना – ९८५११४६५६८
स्थानीय बासिन्दाका अनुसार ठेकेदारहरूले हरेक वर्ष “बर्षा आयो”, “चाडपर्व आयो” जस्ता बहानामा काम स्थगित गर्दै आएका छन्। यसै कारण सडक अझै हिलो–धुलोले भरिएको छ र कालोपत्रेको काम सुरु नभएको अवस्था छ।
प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशसभा सदस्य झपट साउद, र रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले पनि ठेकेदारको निष्क्रियता स्वीकार्दै पटक–पटक दबाब दिएका छन्। तर स्थानीय बासिन्दाले भोगिरहेको समस्या भने समाधान भएको छैन।
स्थानीय युवाहरू र सरोकारवालाहरू भन्छन्,
“६ वर्ष पर्ख्यौं, अब धैर्य सकियो। ठेकेदारले काम नगरेको खण्डमा सामाजिक दबाब र अन्य कदमहरू उठाउने तयारी छ।”
स्थानीय बासिन्दाका अनुसार हिलो–धुलोमा संघर्षरत पैदल यात्री, फसेका सवारी साधन र पर्यटकले यस क्षेत्रको वास्तविक समस्या झल्काउँछन्।
जनताको आक्रोश स्पष्ट छ—
“सडक चाहिन्छ, बहाना होइन। ठेकेदारले काम नगरेको खण्डमा बाटो उनीहरूको लागि बन्द हुनेछ।”
स्थानीय प्रशासन, सरकार र ठेकेदारबीच पटक–पटक बैठक भए पनि ठोस काम सुरु नभएपछि स्थानीय समुदाय सामाजिक अभियान र दबाबमा उत्रने तयारीमा छन्।













प्रतिक्रिया दिनुहोस्