मदन भण्डारी गाेल्डकप इन्डो-नेपाल पुरुष भलिबल प्रतियोगिता काे उपाधि त्रिभुवन आर्मी क्लबलाई
स्वाभिमान खबर २०८१ पुष २५ गते
कमल कुमार शाही
रुपन्देही । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को प्रथम उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३-२ काे सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रथम उपाधि जितेको हाे ।
प्रथम भएको त्रिभुवन आर्मी क्लबले ७ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले ३ लाख ५० हजार प्राप्त गरेको छ । तृतीय पुरस्कार मणिमुकन्द भलिवल क्लबले १ लाख पचहत्तर हजार राशि प्राप्त गरेको छ । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले रु१० हजार प्राप्त गरेका छन ।
प्रतियोगिता मा नेपाल र भारत का आठ टिमले सहभागीता जनाएका थिए । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राम्रो खेल प्रदर्शन गर्दै फाइनल सम्मको यात्रा तय गरेका थिए ।
पुलिसले छनौट चरणका आफ्ना सबै खेल जितेको थियो । उसले आयोजक मदन भण्डारी स्र्पोटस एकेडेमी, मणिमुकुन्द भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेको हो । पुलिसले ३ खेलमा ९ सेट जितेको थियो भने २ सेटमा पराजय भोगेको थियो ।
यता समूह वी बाट विजेता बनेर सेमिफाइनल पुगेको आर्मीले समूह ए बाट उपविजेता बनेर सेमिफाइनल पुगेको मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो । आर्मीले छनौट चरणका आफ्ना सबै खेल जितेको थियो । उसले एपिएफ, गल्कोट भलिवल क्लब र गुजरात प्रदेश भलिबल एशोसियसन भारतलाई हराएका थियो ।
प्रतियोगितामा सहभागी ३ विभागीय टिममध्ये आर्मी र पुलिसले छनौट चरणका आफ्ना सबै खेल जितेर उपाधिका लागि फाइनल पुगेका थिए भने नेपाल सशस्त्र प्रहरीको टिम छनौट चरणबाटै बाहिरिएको थियोे ।
जसमा समूह एमा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी तथा समूह वीमा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिबल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन भारत रहेका थिए ।
फाइनलसम्म आइपुग्दा ५० हजार दर्शक मैदानमा पुगेर खेल अवलोकन गरेको दावी आयोजकले गरेकाे अध्यक्ष ध्रुव आचार्यले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्