२०८३ साउन १३ गते बुधवार

नेपाल प्रिमियर लिग (एनपीएल)काे फाइनल खेलकाे टिकट सबै बिक्री आयाेककाे टेलिभिजन र डिजिटल प्लेटफर्ममा हेर्न अनुरोध



नेपाल प्रिमियर लिग (एनपीएल)काे फाइनल खेलकाे टिकट सबै बिक्री आयाेककाे टेलिभिजन र डिजिटल प्लेटफर्ममा हेर्न अनुरोध 
पौष ५, काठमाडौ
कमल कुमार शाही
।नेपाल प्रिमियर लिग (एनपीएल)काे फाइनल खेलकाे टिकट सबै बिक्री भएको छ । फाइनल खेलकाे टिकट खुला भएको केही समय भित्र नै सबै टिकट बिक्री भएको हाे ।

भौतिक रुपमा उपस्थित भएर हेर्ने टिकट सबै बिक्री भए पछी ( एनपीएल)आयाेकले दर्शकलाई फाइनल खेल हेर्न टेलिभिजन र डिजिटल प्लेटफर्म उपयोग गर्न अनुरोध गरेको छ ।

। आउँदो शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने फाइनलका लागि भीआईपी र साधारण दुवै प्रकारका टिकटहरू बिक्री भएका हुन्।
टिकट खुला भएको केही समयमै सबै टिकट बिक्री भएको खल्ती वालेटले जनाएको छ । खल्ती जारी एनपीएलको अनलाइन टिकेटिङ पार्टनर हो ।

फाइनल खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच मध्यान्ह १२:३० देखि सुरु हुनेछ

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार