२०८३ साउन १३ गते बुधवार

एनपीएल : कर्णालीले जनकपुरलाई एक सय १९ रनकोकाे लक्ष्य फाइनलमा पुग्ने सम्भावना दुबै टिममा बराबर



एनपीएल : कर्णालीले जनकपुरलाई एक सय १९ रनकोकाे लक्ष्य फाइनलमा पुग्ने सम्भावना दुबै टिममा बराबर

बिहीबार ०४ पुस, २०८१
काठमाडौं

एनपीएल आजको खेलमा जनकपुरले एक सय १९ रनको लक्ष्य पाएको छ । आजको खेलले दुबै टिमलाई फाइलमा पुग्ने सम्भावना बराबर देखिन्छ ।

त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको हो।

कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदा देव खनाल २४, विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनिस विक्रम ठकुरीले समान १२-१२, चाडविक वाल्टन ११ रनमा आउट हुँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जनकपुरका लागि ललित राजवंशी, जेम्स नीसम र मोहम्मद मोसिनले समान दुई-दुई विकेट लिँदा शेर मल्ल, हर्ष ठाकर र ले समान एक-एक विकेट लिए।

इलिमिनेटरमा चितवन राइनोजलाई हराएर कर्णालीले दोस्रो क्वालिफायर खेल्ने स्थान बनाउँदा पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएर जनकपुरले कर्णालीसँग खेल्न लागेको हो।

दोस्रो क्वालिफायरको विजेताले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गर्नेछ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार