२०८३ भाद्र २७ गते शनिवार

किन बाध्य भए विदेशिन युवाहरू



किन बाध्य भए विदेशिन युवाहरू- दिपेन्द्र प्याकुरेल “शिशिर “

 

साथीकाे घर मा उता बिदेश बाट पठाएको पैशा देखेर साथी हरुको अभिभावककाे खुशी काे कुरा गरि साध्यनैं हुँदैन छोरा बिदेस भएको मा उनीहरू छिमेकी संग फुर्ती लाउन पनि पछी पर्दैन त्यो देखेर आमा बुबा झन् बढी भावुक हुन्छन् र फलाना ले के धाक दियो उसको छोरा बिदेश गएर यति उति पैशा पठाउँछ मेरो छोरा नेपाल मै बसेर केही गर्छु भन्दै घरको पैशा सकाउँछ येस्तो कुरा सुनाउँछन अनि आफ्नो जिन्दगी देखी हार मानेर अर्को बाटो अपनाउँछ त्यो हो विदेश पलायन ।

हाम्राे देशकाे जनगणना २०७८ अनुसार नेपाल मा युवाहरु को संख्या नेपाल काे जनसंख्या मध्य ४०.०३प्रतिशत रहेकाे छ । युवा भन्नाले १६ बर्ष देखी ४० बर्ष सम्मकाे उमेर समूह लाई भनिन्छ ।

युबा शक्ति भनेकाे देशकाे मेरुदण्ड हो पछिल्लो समयमा हाम्राे देशको युवा शक्ति पलायन भइरहेको छन ।एउटा युवाले जसोतसो गरेर पढाइ सक्छ अनि आफ्नो योग्यता अनुसार काे इलाम गर्न खोज्छ तर उ आफ्नो योग्यता अनुरूप को काम काे खोजीमा गल्ली गल्ली धाउँछ कतिको चाकरी गर्छ । अनीयता आफ्नो उमेर र विचार मिल्ने साथि हरू संग मिलेर उनी हरु रमाइलो गरेका हुन्छन बालापन देखी आफु युवा भएर जिम्मेवारी भएको छु भन्ने बुझ्दा सम्म जब जिम्मेवारी थपिन्छ र आ-आफ्ना कुरा गर्न थाल्छन मैले यस्तो गरे उस्तो गरे भनेर आफु असफल भएको पिडा र आफन्त छिमेकी ले गरेकाे कुरा ले मन कट्क खाएको हुन्छ ।

नेपाल मै बसेर केही गर्छु भन्ने विचार भएको युवालाई यता देशमै केही गर्छु ऋण चाईयो भन्दा कसैले पत्याउँदैनन् र दिदैनन पनि उता विदेश जान्छु भन्दा ऋण दिनेको भीड लाग्छ । साथीकाे घर मा उता बिदेश बाट पठाएको पैशा देखेर साथी हरुको अभिभावककाे खुशी काे कुरा गरि साध्यनैं हुँदैन छोरा बिदेस भएको मा उनीहरू छिमेकी संग फुर्ती लाउन पनि पछी पर्दैन त्यो देखेर आमा बुबा झन् बढी भावुक हुन्छन् र फलाना ले के धाक दियो उसको छोरा बिदेश गएर यति उति पैशा पठाउँछ मेरो छोरा नेपाल मै बसेर केही गर्छु भन्दै घरको पैशा सकाउँछ येस्तो कुरा सुनाउँछन अनि आफ्नो जिन्दगी देखी हार मानेर अर्को बाटो अपनाउँछ त्यो हो विदेश पलायन ।

नेपाल मा युबा हरु विदेशिनु काे मुल करण हाे नेपाल मा गुणस्तरीय शिक्षा र व्यावहारिक शिक्षा नहुनु उद्योगधन्दा तथा कलकारखाना काे विकास न हुनु उपयुक्त स्रोतसाधन काे सदुपयोग न हुनु लगानी अनुसार काे आम्दानी न हुनु उत्पादन गरेका वस्तु हरू भन्दा कम मुल्य मा बेदिशी समान आयात हुनू उपयुक्त कच्चा पदार्थको काे सदुपयोग न हुनु दक्ष जनशक्ति ले क्षमता अनुसार काे काम काम अनुसार काे दाम नपाउनु।

वैदेशिक पलायन कसरी रोक्ने त?

देस काे राजनीतिक स्थिरता कायम गरी उद्योग धन्दा सञ्चालन मा ल्याई आर्थिक विकास मा फटको मारेमा गुणस्तरीय शिक्षा र वैज्ञानिक शिक्षा काे प्रयोग ले दक्ष जनशक्ति तयार गरि प्राकृतीक सम्पदा काे सदुपयोग गर्दै कच्चा पदार्थको काे उपयोग गरेमा केही हद सम्म विदेश पलायन रोक्न सकिन्छ l
वैदेशिक रोजगारीमा विभाग का अनुसार पछिल्ला दुई आर्थिक बर्ष २०७९/८० मा ७ लाख ७१ हजार र २०८०/८१ मा ७ लाख ४१ हजार गरि टोटल युवा १५ लाख १२ हजार युबा हरू विदेश पलायन भएका छन।

लेखक – युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा बाँके  जिल्ला इन्चार्ज हुन

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार