२०८३ भाद्र २९ गते सोमवार

अखिल समाजवादीले शैक्षिक क्षेत्र सुधारकाे लागि १७ बुदे मागपत्र बुझायो



अखिल समाजवादीले शैक्षिक क्षेत्र सुधारकाे लागि १७ बुदे मागपत्र बुझायो

असार १० , बाँके
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल समाजवादी विद्यार्थी संगठनले शैक्षिक क्षेत्र सुधारकाे लागि १७ बुदे मागपत्र बुझाएकाे छ । मंगलबार बाँके जिल्ला संगठनले जिल्ला शिक्षा बिकास समन्वय इकाई प्रमुख राम सुरेश यादव र नेपालगन्ज नगर युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख गाेरख थापा समक्ष माग पत्र पेस गरेको हाे ।

मागपत्र बुझाउने कार्यक्रम काे नेतृत्व संगठनकि केन्द्रीय सचिव प्रितिमा सीले गरेकी हुन । मागपत्रमा सम्रग शिक्षा क्षेत्रमा देखा परेका तमाम बिकृती बिसंगतिका विरुद्ध संघ्रस गर्ने उद्घोष सहित मागपत्र बुझाएको छ ।

मागपत्र बुझाने कार्यक्रममा अखिल समाजवादी केन्द्रिय सचीव क.प्रीतिमा सी संगठनका बाके बर्दिया जिल्ला इन्चार्ज हरि सी , जिल्ला संयोजक सागर सी केन्द्र सदस्य अशोक सी सुरेन्द्र सी लगायत जिल्ला कमिटीको उपस्तिथि रहेको थियो ।

मागपत्र बुज्दै इकाई प्रमुख शैक्षिक क्षेत्र सुधार काे लागि संगठनले राखेकाे मागपत्र सकारात्मक रहेको यसलाई कार्यनयन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । पछिल्लो समय देशभरि शैक्षिक क्षेत्र सुधारकाे लागि ४ महिने शैक्षिक क्षेत्र सुधार अभियान सहित संगठनिक गतिविधि गरिरहेको छ ।

संगठनले बुझाएको मागपत्र ।

प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार