२०८३ भाद्र २९ गते सोमवार

नेकपा सुर्खेतले गर्यो MCC को बिरोध र्याली प्रदर्शन



नेकपा सुर्खेतले गर्यो MCC को बिरोध र्याली प्रदर्शन

Ashko

सुर्खेत

नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले अमेरिकी परियोजना एमसीसी बिरुद्ध प्रदर्शन गरेको छ ।
नेकपाले एमसीसीको कार्यनयन नगर्न र याे राष्ट्र घाति एमसिसी परियोजना खारेजीको माग गर्दै देश भरि केहिदिन एता निरन्तर प्रदर्शन र बिराेध गर्दै आईरहेकाे छ !

 

https://youtu.be/K7sCulsRmUs?si=Wiu3UlL1KEeDF2tC
आज आईतवार दिउसाे पनि सुर्खेतकाे एरि चाेक देखि विरेन्द्र चाेक सम्म विराेध र्याली प्रदर्शन गर्दै उक्त चाेकमा कोण सभा समेत गरिएकाे थियो ।

नेकपाका केन्द्रीय सदस्य क . विवेक सिले काेण सभालाई सम्वाेधन गर्ने क्रममा राष्ट्रघाति एमसिसी जस्ताे घातक परियाेजनालाई नेकपाले कुनै पनि हालतमा कार्यनयन हुन नदिने र एकाे निम्ति ज्यानकाे बलिदान दिनु परे पनि पछि आफू र आफ्नाे पार्टी पछि नहट्ने बताएका छन।
https://rumble.com/v3bx72a-mcc-surkhetnepal.html?mref=2o8mwc&mc=ecssj

उक्त विरोध कोण सभालाई सम्वोधन गर्दै अर्का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज धुर्व सिले सहयोगकाे बाहानामा नेपाललाई युक्रेन जस्तै बनाउन खाेज्ने एमसीसी मार्फत नेपालमा अमेरिकी सैन्य अखडा बनाउन लागेकाे ले नेपाली जनताहरु बृद्धजिवि राष्ट्र भक्ति देश प्रेमि नागरिकहरुले एक भएर एमसिसी काे बिरुद्ध संघर्ष गर्नु पर्ने आजकाे आवस्यकता रहेकाे बताएका छन ।

साथै अमेरिकाले सहयाेगार्थ एमसीसी परियोजनाकाे नाम मार्फत नेपालमा सैनिक क्याम्प राखेर चीन माथिकाे आक्रमणकाे योजना गरेकाे र नेपालको संविधान भन्दा माथि हुने गरी कार्यनयन गर्न खाेजिएकाे एमसिसी
परियोजना देश र जनताको हितमा नरहेकाेले याे राष्ट्र घाति परियाेजनालाई कुनै पनि हालतमा खारेजि हुनु पर्ने र याे एमसिसी नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता प्रतिकूल नभएकाेले एसलाई कार्यनयन हुन नदिन आफ्नाे पार्टी निरन्तर संघर्ष गरि रहने धुर्व सिले बताएका छन।

साथै यस्ताे राष्ट्र घाति एमसिसीकाे बिराेध गर्दा प्रहरी प्रशानले हस्तक्षेप नगर्न आग्रह समेत गरेका छन ।


एमसिसी बिरुद्धकाे र्यालिमा नेकपाका नेता तथा कार्यक्रताहरुले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद ,एकीकृत जनक्रान्ती जिन्दावाद , गाे ब्याक अमेरिका ,एमसिसी चाहिदैन अमेरिकी सेना ल्याउन पाईदैन , प्रहरी दमन बन्द गर जस्ता नारा लगाएर एमसिसीकाे बिराेध र्याली गरेका थिए ।

अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा मध्यकर्णाली ब्यूरो इन्चार्ज तुलराज सीले पनि याे राष्ट्र घाति एमसिसी कुनै पनि हालतमा कार्यनयन हुन नदिन र एसकाे निम्ति विद्यार्थी संगठनहरुले एमसिसी बिरुद्ध आफ्नाे आवाज बुलन्द पार्नु पर्ने आवस्यकता देखिएकाेले सम्पूर्ण विद्यार्थी संगठनहरुले पनि एमसिसी बिरुद्धका क्रियाकलाप गर्दै जनता बिच जनचेतना मुलक कार्यक्रमहरु गर्नु पर्ने आवश्यक रहेकाे बताएका छन।

भने विरोध कोण सभाको सञ्चालन नेकपा सुर्खेत जिल्ला ईन्चार्ज जित सिले गरेका थिए उक्त विरोध प्रदर्शनमा नेकपा सुर्खेतका नेता कार्यकर्ता र जनताकाे बाक्लाे उपस्थित रहेकाे थियाे ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार