हावाहुरीले उडाएको घर नेकपा पचालझरनाले पुननिर्माण गर्याे
जेष्ठ २२ , कालिकोट
हावाहुरीले उडाएको घर नेकपा पचालझरनाले पुननिर्माण गरेकाे छ । युवा संगठन नेपाल कालिकोट का अध्यक्ष नयाराज सीकाे घर पुननिर्माण गरिएको हाे ।जेष्ठ १९ गते राती आएको ठूलो हावा हुरीले अध्यक्षकाे घरमा क्षती पुर्याएकाे थियो ।
एक्कासि आएको हावाहुरी ले माथिल्लाो तला पुरै उडाएर लग्दा आर्थिकअवस्था न्यून भएको बर्षात काे समय समेत सुरु भइसकेको वास काे लागि धेरै समस्या भाेग्नुपर्ने देखिएको अवस्थामा नेकपाले घर पुन निर्माण गरिदिदा घरपरिवार खुसी भएको अध्यक्ष नयाराजले बताएका छन ।
२२ गते नेकपा केन्द्रीय सदस्य क रणदिप जिल्ला कमिटी सदस्य क तखत सी गाउकमिटी सदस्य अंग सी कर्मचारी अग्र ब शाही र युवा संगठन कालिकोटका अध्यक्ष क नयाराज सी सहितको टोलिले घर पुन निर्माण गरेको हो ।घर पुन निर्माण पछी केन्द्रीय सदस्य क रणदिप ले बिपतमा नेकपा पिडितको साथमा सधै रहने जहाँ जनताका समस्या त्याहाँ नेकपा हुने धारणा राख्नु भयो । अध्यक्ष नयाराजले हावाहुरीले उडाएको आफ्नो घर पुन निर्माण गरिदिएको मा नेकपा कालिकोटलाई धन्यवाद दिनुभयो । जेष्ठ बैशाख प्राकृतिक विपत्ति काे समस्या भाेग्नुपर्ने तिब्र हावाहुरी लाग्ने हुनाले घर तथा टहरामा मा बस्ने नागरिकलाई समस्या हुने गरेको छ । यस्तो बेला स्थानीय सरकार ले जनताको समस्या बुझ्नु पर्द छ ।














प्रतिक्रिया दिनुहोस्