२०८३ भाद्र ३० गते मङ्गलवार

जाजरकोटकि १८ बर्षिय मनिशा बुढामगर सुर्खेतमा सलकाे पासाे लगाई झुन्डिएको अवस्थामा भेटिन 



जाजरकोटकि १८ बर्षिय मनिशा बुढामगर सुर्खेतमा सलकाे पासाे लगाई झुन्डिएको अवस्थामा भेटिन 
बैशाख १३, सुर्खेत
जाजरकोटकि १८ बर्षिय मनिशा बुढामगर सुर्खेतमा सलकाे पासाे लगाई झुन्डिएको अवस्थामा भेटिएकि छन । मनिशा जाजरकोट जिल्ला नलगाड नगरपालिका ६ स्थायी घर भएकि हुन ।

उनी आज विहान ११:३० बजेको समयमा वीरेन्द्रनगर १० दैलेख राेड नजिक जुम्ला राजमार्गकाे विपरीत तर्फ रहेको दुर्गा बहादुर नकालकाे घर काे टपकाे फलामको डन्डी मा झुन्डिएको अवस्थामा भेटिएकी हुन । मनिशा दुर्गा नकालकाे घरमा भाडामा बसि काेरियन भाषा अध्ययनकाे तयारी गर्ने गरेको बुझिएको छ ।

मनिशाकाे लास प्रहरीले सिल गरेर राखेको छ । आमा बाबाले लास लाई कसैले नछुनुहाेला भनेकोले लास झुन्डिएको अवस्थामा नै रहेको छ । आफन्त जाजरकोट बाट आउदै गरेका छन । घटना काे कारण खुल्न सकेको छैन । आत्महत्याकाे कारण अनुसन्धान पछि मात्र थाहा हुने सुर्खेत जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी वीरेन्द्र विश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार