अखिल( समाजवादी ) ले शैक्षिक सामग्री वितरण गरेर ४ महिने शिक्षालय सुधार तथा संगठन विस्तार अभियान – २०८१ काे उद्घाटन गर्याे
जेष्ठ ११ ,सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल( समाजवादी ) ले शैक्षिक सामग्री वितरण गरेर ४ महिने शिक्षालय सुधार तथा संगठन विस्तार अभियान – २०८१ काे उद्घाटन गरेको छ । शुक्रबार वीरेन्द्रनगर १ धारापानिमा रहेको श्री नेपाल राष्ट्रिय प्रा वि विद्यालयमा कक्षा ५ सम्मका १५४ जना तेस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री कपि र पेन वितरण गरेकाे हाे ।
अखिल (समाजवादी ) विद्यार्थी संगठन कर्णाली प्रदेश समितिकाे बैठकले ४ महिने शिक्षालय सुधार तथा विस्तार अभियान सुरु गर्ने निर्णय गरेको त्यो अभियानको सुरुवात कर्णाली प्रदेश भरिएका सामुदायिक विद्यालय मध्ये न्यून शैक्षिक अबस्था रहेको विद्यालयकाे अभिभावकत्व लिएर नमुना कार्य गर्ने कार्यक्रम रहेको नेपाल राष्ट्रिय प्रा वि विद्यालय छनौट मा परेको संगठनका प्रदेश इन्चार्ज प्रकाश सी ले बताउनु भयो ।
उहाँले हामीले सक्ने सयाेग निरन्तर गर्ने यो विद्यालय बनाउन तपाईं हामी संगै मिलेर विद्यालय र यस विद्यालयका विद्यार्थीकाे भबिष्य राम्रो अखिल (समाजवाद ) प्रतिबद्धता जाहेर गर्नुभयो ।
यो विद्यालय काे विकास सुधारको लागि कुनै पनि सरकार र नेताकाे ध्यान पुगेन कर्णाली प्रदेश सरकारका मन्त्री र मन्त्रालयमा हाम्रो पहुच पुगेन हामी कमजोर भएको कारण यस विद्यालयले आधार भूत पुर्वाधारकाे लागि बजेट माग गर्दा समेत पाउन सकिएन । हामी अति नै कमजोर भएको अनुभूति भएको यस विद्यालयका संस्थापक तथा प्राध्यापक ओमप्रकाश ढुंगानाले बताउनुभयो ।
आफू बस्ने पुरानो कुस्री नेपाली कंग्रेसका प्रभावशाली नेता यस क्षेत्रका माननीय हृदयराम थानिले चुनाव जितेपछि दिएको अहिले उहाले फ्रकी समेत नहेरेकाे आराेप थानिलाई लगाउनुभयाे ।

यहाँ अहिले खानेपानी , सौचालय , विद्यार्थीलाई बस्ने डेस्क खेल्ने खेलकुद मैदान , पुस्तकालय तथा अफिसकाे लागि शिक्षकलाई बस्ने कुस्री टेबुल आवश्यक रहेको छ भनुभयाे ।यो विद्यालयमा ४४ प्रतिशत दलित परिवारका बालबालिका २० टुहुरा ५ भुकम्प पिडित विद्यार्थी अध्ययन गर्ने गरेको संविधानले दलितलाई पिछडिएको जातको रुपमा छुट्टयाइएको तर बहुसंख्यक विद्यार्थी दलित भएपनि हाम्रोलागि र यो विद्यालयकाे लागि पहल गरिदिने काेहि नभएको यो विद्यालयकाे विकासको लागि मन्त्रीको घर देखि कार्यलय सम्म मन्त्री भन्दा १ घण्टा अगाडि पुग्दा सम्मेत हाम्रो माग सम्बन्धन हुन नसके दुखेसो यस विद्यालयकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्ति बि क ले बताइन् ।
विद्यालयका विद्यार्थीले कलम र कपि पाउँदा विद्यार्थी खु सी समेत भएका थिए । विद्यार्थीले गित गाउदै र नाच्दै रमाइलो समेत गरेका थिए । सामना संस्कृति कलकारका कलकारले पनि विद्यार्थी संग देशभक्त र क्रान्तिकारी गित गाउदै रमाइलो गरेका थिए । अभियानमा नेकपा सुर्खेत जिल्ला सचिव जित सी लगायत अखिल (समाजवादी ) विद्यार्थीहरुकाे उपस्थिति रहेको थियोे ।














प्रतिक्रिया दिनुहोस्