मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजको तेस्रो सिजन काव्य श्रृङखला सम्पन

चैत १७ , सुर्खेत
“विश्वविद्यालय साहित्य समाजको अभियान ,अग्रजलाई सम्मान अनुजलाई प्राेत्सान” भन्ने मुल नारा सहित मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजको तेस्रो सिजन काव्य श्रृङखला सम्पन्न भएको छ । सनिवार विश्वविद्यालय काे केन्द्रीय कार्यलय काे सभहलमा साहित्य कार्यक्रम सम्पन्न भएको हाे ।
मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजका सदस्यहरुले गजल , कविता वाचन गरेका थिए । कवि पुस्पा उपाध्याले युद्ध शिर्षक काे कविता मार्फत छाेरीले बाबुको आगनमा जन्मेर पराई घर जानुपर्दा लडनु पर्ने विना हतियारकाे लडाइ लाई कविता वाचन गरेर दर्शकको ताल्लि र माया पाएकी थिइन पाल्पाली कवि गौरव न्यौपाने कविता वाचन गरि मंनौरञ्जन दिएका थिए ।
गजलकार प्रकाश परिवर्तन र दिपेन्द्र धमाला ले गजल मार्फत मंनौरञ्जन गराएका थिए । गजलकारले कर्णालीकाे खस भाषा अछामको स्थानीय भाषा मा गजलका हरफहरु पस्केका थिए माया ,प्रेम संघर्ष राजनीति बितिष्णालाई शिर्षक बनाएर गजल वाचन गरेका थिए ।
कार्यक्रमकाे अध्यक्ष दिपक उपाध्याय, प्रमुख अतिथि विश्वविद्यालय सेवा आयाेगकी प्रा डा भारती जाेसी थिइन ।कार्यक्रम काे सहजीकरण अञ्जली रानाले गरेकी थिइन् कार्यक्रम मा विश्वविद्यालयका उप प्राध्यापक पत्रकार तथा विद्यार्थीहरु काे उल्लेख सहभागीता रहेको थियोे । आयाेजकले गजलकार तथा कवीलई प्रमुख अतिथिकाे काे हातबाट मायाको चिनौ सहित समान गरेकाे थियोे ।














प्रतिक्रिया दिनुहोस्