२०८३ भाद्र २९ गते सोमवार

अखिल (समाजवादी )का केन्द्रीय सदस्य हरि सीले जन्म दिनकाे अवसरमा शैक्षिक सामग्री वितरण गरे



अखिल (समाजवादी )का केन्द्रीय सदस्य हरि सीले जन्म दिनकाे अवसरमा शैक्षिक सामग्री वितरण गरे ।
१४फागुन , बर्दिया
नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल ( समाजवादी ) का केन्द्रीय सदस्य प्याकुरेल हरि सी ले जन्म दिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन ।

सीले आफ्नो २९ अौ जन्म दिनको उपलक्ष्यमा बर्दिया जिल्ला मधुवन नगरपालिका १ मा रहेको सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका हुन ।

यस विद्यालयका  ४३ विद्यार्थीलाई शैक्षिक सामग्री कपि ,पेनसिल डटपेन दिएका थिए । हरि काे जन्म दिनमा विद्यार्थीले आफुले कपि डटपेन प्राप्त गरेको मा खुसी भएकाे जनाएका छन । जन्म उत्सव मा अखिल ( समाजवादी ) का केन्द्रीय सदस्य काेपिला सी ,संगिता र संगठनका बर्दिया जिल्ला उपाअध्यक्ष पारस सी काे उपस्थिति रहेको थियोे । 

विद्यालयमा गरिएको जन्म उत्सवमा बाेल्दै विद्यालय र विद्यार्थी संग आपनो सम्बन्ध घनिष्ठ भएकाे बताए । ।उहाँले आपनो हरेक जन्म उत्सव नयाँ रचनात्मक र सृजनात्मक तरिकाबाट बनाउने गरेकाे कुरा बताएका थिए ।हरिले जन्म उत्सव  मनाउने अवसर दिएको मा विद्यालय परिवार साे विद्यालयका प्राध्यापकलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार