तिमिलाई पक्राउ पुर्जी किन आउछ ?

तुलाराज सी (गर्जन )
केपी को सुन जलहरी काण्ड आउछ
सेरेको भुटानी श्रणार्थी काण्ड आउछ
प्रचण्ड को अडियो बार्गेनिङ र
रविको टेबुलमा भोट्का काण्ड आउछ अनि
विप्लव तिमिलाई पक्राउ पुर्जी किन आउँछ?
आउन त यिनिलाई आउनु पर्ने हो पक्राउ पुर्जि
देश बाट युवा बेचेको मुद्दामा
करोडौं कमिसन घिचेको मुद्दामा
जनतालाई बेरोजगारी र ऋणले थिचेको मुद्दामा
तर यिनै लाई साम्राज्यवादिको निम्तो आउँछ अनि
रातो कार्पेट वछ्याएर दलाल लिन आउँछ
विप्लव तिमिलाई पक्राउ पुर्जि किन आउँछ ?
कोसि बेचे,गण्डकी बेचे,अनि महाकाली पनि बेचे
फेरि एम सी सी ल्याएर देश नै बेच्दैछन
निर्मला, भागिरथी का हत्यारा विरुद्धको
अदालत का न्यायाधीश केश नै बेच्दैछन
र पनि लाज पचाएर जिन्दगी जिन आउँछ
विप्लव तिमिलाई पक्राउ पुर्जी किन आउँछ ?
यसले जनताको सत्ता ल्याउछ भनेर
दलाल हरु सबैलाई भ्याउछ भनेर
देशमा उत्पादनको लागि नङ्ग्रा खियाउछ भेनेर
तस्कर कमिसन खोर तिम्रो विरुद्धमा
राज्य विरुद्धको भ्रम दिन आउँछ
विप्लव तिमिलाई पक्राउ पुर्जी किन आउँछ ?
तुलराज सी “गर्जन”














प्रतिक्रिया दिनुहोस्