२०८३ भाद्र २९ गते सोमवार

म यात्रि  हु ।



म यात्रि  हु ।

म यात्री हु
क्रान्तिकारी यात्री
मेरो यात्रा महान छ
यात्रा अटल छ
बाटो कठिन छ
जहाँ मेरा महान , सपना सजिएका छन्
वर्गसमाजको अन्त्य : उन्मुक्तिको समाज
पुजीवादको अन्त्य : समाजवादको निर्माण
ती सपना पूरा गर्न यात्रा अझै बड्दै छ
सपना जिबन संग गासिएका छन्
जिबन संघर्ष संग
संघर्ष यात्रासँग जोडिएका छन
यात्रा यात्रीसँग
जिबन ,चुनाैतिका जन्जिर ताेड्दैछ
सपना संघर्षका पर्खाल फाेड्दै छ
सपना पनि त, सुन्दर न् पर्याे
जहाँ मेरो जिबन मात्र होइन
संसार संग जाेडिएकाे सपना
समाज वाद काे सपना
यात्रीको अन्तिम लक्ष्य जित्नु हो
पुगेर अग्लो हिमालमा
नापेर छातिको फैलावट
दुनियाँले सुन्ने गरि हल्ला गर्नु हो
यात्रीले यात्रा बिसर्जन गर्दैन
अविरल दलालसँग संघर्ष
निरन्तर समाजवादको संगीत
रंगीन समाजवादले
उन्मुक्तिका गित गाए जस्तै
दुखका भट्टिहरुमाथि
आशाका लाभा बर्साउदै
सुखका दिन अब धेरै पर्खिनु पर्दैन
इतिहासको रंगमन्चले एउटा युद्ध मागेको छ
नयाँ युगको समयले एउटा योद्धा खोजेको छ
छिरेर दुश्मनको बंकरभित्र
सुनाएर सबैलाई बिस्फोटको घटना
बमवाडको धुवा भित्रबाट
एउटा खुसीको खवर ल्याउने छु
दलितहरुको लागि : गरिवहरुको लागि
दमितगरुको लागि : शोषितहरुको लागि
यो धर्तिमा एउटा नया सत्ता उदायो
समाजवादी सत्ता : जनवादी सत्ता
सुन्दर समाज वादलाई भेट्ने सपना
संसार बदल्ने सपना,
यात्रीको यात्रा रोकिएको छैन
अब त सपना जीवन संग गासिए छ
जिबन सपना संग, सपना ,जीवन, समाज वाद संग
क्रान्तिकारी यात्री निरन्तर यात्रामा छ
समाजवादी यात्री अबिचलित यात्रामा छ

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार