रामाराेशन
*————-*
रामाराेशन तिमी किन ?
उदास उदास मलिन्छाै
मैले तिम्रा घरका आगंनहरु
छाना गाेठ चाैताराहरु
बारी कात्ला दाेबाटाहरु
खेत नाङ्गला छिमेकहरू
टाेलाइरहेकाे देखे
तिम्रा पातल नेटाकाेट
चाैका तडिगैरा
गुमनाम बसिरहेछन
सैनि तिमीलाई के भाे ?
अल्लेडी भन न भन ?
हतास हतास झै
गरिरहन्छाै
रामाराेशन ••
मैले
तिम्रा घर घर बाट
छापामार जन्मेकाे देखेकाे छु
मैले आगन आगन बाट
बिदाेह सल्केको देखेकाे छु
राताे झन्डा फहराउने
बिशाल छाति देखेकाे छु
किनिमिनी काे काखमा
जनसैन्य मार्चपास गदै
बलिदानकाे बिरता
काेरिएकाे देखेकाे छु
रामाराेशन •••
तिमी जनयुद्धमा कसियाैं
मृत्युका पर्चाहरुमा
हस्ताक्षर गरेर
पिली मंगलसैन बेनी मा
लडदा लडदै बिजय भयाैं
खारा गणेशपुर मा
छातिमा गाेली थाप्याैं
तिमी लडिरहयाैं
तिमी जुधिरहयाैं
तिमी ले माेर्चा कसिरहयाैं
तिम्राे इतिहास रगतले लेखिएको छ
रामे लामापाडा सधैं सधैं बाचिरहने छ
राेसन सिंदुरे सधैं सधैं चम्किरहने छ
तिम्रो आगनमा पाेखिएका
रगतका फाल्साहरु
तिम्रो काखमा चिर निद्रा
सुतेका शहिदहरु
गाेलीले छिया छिया
बनाएका घरहरुमा
म इतिहास काे गित गाउँदै
आउने छु
रामाराेशन •••• !
by cbcndra baburaja














प्रतिक्रिया दिनुहोस्