
नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले कम्युनिस्ट पाका नेताहरुलाई गर्याे सम्मान
नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले पार्टी पूनर्गठनको १० औं बार्षिकोत्सवकाे अबसरमा कम्युनिष्ट आन्दालेनका पाका नेताहरुलाई आज सम्मान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पार्टी कार्यालय वीरेन्द्रनगरम सम्मान कार्यक्रमको आयोजना गरी पुराना ईमानदार तथा पाका कम्युनिस्ट आन्दोलनका नेताहरुलाई सम्मान गरेको हो । नेकपा सुर्खेत जिल्ला इन्चार्ज धु्र्व सीले अमर वहादुर थापा र कर्ण परियारलाई दोसल्लाह ओढाएर सम्मान गरेका हुन ।
सम्मानपछि नेकपाका सुर्खेत जिल्ला इन्चार्ज ध्रुवले कम्युनिष्ट विचारबाट कोही पनि विचलित हुन नहुने बताए । उनले नेपाली कम्युनिस्टहरुले नयाँ बिचार र सिद्धान्तको बिकास गर्न नसकेकाले कम्युनिष्ट आन्दोलनमा समस्या आएको स्वीकार गरे । उनले अब कम्युनिष्टहरुको उद्देश्य समाजवादमा मात्र पुरा हुने र त्यसको लागि नेकपाले मात्र पुरा गर्ने धारणा राखे । उनले नेपालका सबै माओवादी र कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको बताएका थिय ।
https://youtu.be/eI8E4KGggrw?si=Qw_eOFxUg3w-F4dS
सम्मानीत हुने कम्युनिस्ट पाका नेता ६० वर्षिय अमर बहादुर थापाले नेपालमा कम्युनिस्ट धुव्रीकरण नभएकै कारणले देश र नेपाली जनताले दुख पाउनुपरेको बताए ।
उनले नेपालका सबै कम्युनिस्टहरु एक भएर देश जनताको रक्षा गर्नु आजको आवश्यकता रहेको पनि बताए ।
कार्यक्रममा कर्ण परियारले पञ्चायती ब्यवस्था देखिनै आफू कम्युनिस्ट धारमा रहेको कारणले विभिन्न प्रकारको दुख पाउनु परेको बताए ।
उनले अब देशको नेतृत्व विप्लवले मात्रै गर्न सक्ने भएकाले एमाले परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लागेको समेत बताए














प्रतिक्रिया दिनुहोस्