-भिम बहादुर कार्की
हाल बजारमा हरेक दिनजसो व्यावसाय बन्द भैरहेको व्यावसायीहरुले बैंकको व्याज तथा साँवा भुक्तनी गर्न नसकी आन्दोलन गरिरहेको तथा आत्महत्या सम्म गरिरहेको समाचार दिनहु जसो आइरहेका हुन्छन । विगत १–२ वर्षदेखि विश्व बजारमा आएको आर्थिक मन्दिका कारण नेपलमा समेत यसको गहिरो असर परिरहेको छ । व्यावसाय चल्न नसक्दा राजस्व संकलन घटिरहेको छ भने सरकारको आम्दानी निरन्तर ओरालो लागिरहेको छ । यस्तै अवस्था रहिरहने हो भने केही समयमा सरकार कर्मचारीलाइ तलव खुवाउनै नसक्ने अवस्थमा पुग्न सक्ने समाचार बाहिरिरहेका छन ।
यि त भए देश तथा विश्व अर्थ व्यावस्थाका कुरा यसले हाम्रो पारिवारिक तथा व्यक्तिगत आय व्यायमा समेत गहिरो प्रभाव पारिरहेको छ । तरलता अभाव तथा अन्य कारण वैंक तथा वित्तिय संस्थाको व्याजदर बड्दा व्यपारीले उत्पालनका सामानहरुको मुल्य बृर्दि गरेका छन भने त्यसले हाम्रो उपभोग खर्चलाइ दिन प्रतिदिन बडाउदै लगेको छ तर आम्दानी बड्न सकेको छैन भने कतिको आम्दानी नै कटौती हुने अवस्था आएको छ ।
विगतमा हामिले १०० रुपैयामा उपभोग गर्ने सामान हाल दोव्वरले वृर्दि भएको छ भने कुनै कुनै सामाग्रिमा त ३–४ गुणले समेत मुल्यवृर्दि भएको छ । उधोगहरु पुर्ण क्षमतामा चल्न नसकी नयाँ रोजगार सिर्जना त परको कुरा श्रमीक कटौती गर्ने अवस्थमा पुगेका छन त्यसले कयौको रोजगारी गुमेको छ ।
यस्तो अवस्थामा कहिले सम्म रहन्छ कसैले भन्न सक्ने अवस्था छैन त्यसैले हामिले यस्तो वेलामा संयमित भएर खर्च गर्ने गर्नु पर्दछ । अत्यावश्यक खर्च वाहेक वाकी विलासिताका वस्तुमा गर्ने खर्चलाइ तत्काल वन्द गर्नुपर्दछ ।
देश तथा विश्वमा आर्थिक मन्दि छाइरहेको वेलामा व्यक्तिगत तथा पारिवारिक खर्च नियन्त्रण गर्न निम्न उपाय अवलम्वन गर्न सकिन्छ ।
१.बजेट निर्धारण गर्नुहोस यसले अतिरिक्त खर्च रोक्न र बचत वृर्दि गर्न सहयोग गर्दछ ।
२.खर्चहरु नोट गर्नुहोस र जुन जरुरी छैन त्यसमा खर्च कटौती गर्नुहोस ।
३.विलासिताका चिजहरुमा खर्च नगर्नुहोस ।
४.बचत बढाउनुहोस र हरेक पटकको खर्चवाट केहि वचत गर्ने वानी वसाल्नुहोस ।
५.आफनो आयको अध्यान गर्नुहोस र सोहि अनुसारको बजेट निर्धारण गर्नुहोस ।
६.कुनैपनी आम्दानी हुदा सुरुमा निश्चित अंश् बचत गर्नुहोस र वाँकीवाट खर्च गर्नुहोस ।
७.आफनो बजेटमा अनुशासित रहनुहोस र आम्दानी भन्दा खर्च धेरै भए तुरुन्त वजेटको खर्च शिर्षकलाइ जती कम गर्न सकिन्छ गर्नुहोस ।
८.जिवन तथा श्वास्थ्या विमा अनिवार्य गर्नुहोस ताकी अप्रत्यासित हुने ठुलो खर्चलाइ कम गर्न सकियोस ।
अन्तमा,विभिन्न कारणले आउने यस्ता आर्थिक मन्दि सधै रहिरहदैनन र यो एउटा वित्तिय चक्र पनि हो फरक यति मात्र हो की यो कति लमो समयसम्म रहन्छ भन्ने मात्र हो । देश तथा विश्वमा जस्तोसुकै आर्थिक मन्दि आयपनी हामिले सधै बजेट अनुसार खर्च गर्ने र बचत तथा लगानी बढाउने बानी बसाल्यौ भने जतिसुकै कठिन समयलाइ पनी वित्तिय रुपमा सजिलै पार गर्न सकिन्छ ।














प्रतिक्रिया दिनुहोस्