गर्भवती महिला बलात्कारपछि जंगलमै गाडियो : भैरवनाथ गणको क्रूरता र राजु बस्नेतको संलग्नता भएको सत्य घटना – हिमाल शर्मा
स्वाभिमान खबर
काठमाडौं, वैशाख १८ ।
राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष कमाण्डमा सञ्चालन भएको शाही सेनाले द्वन्द्वकालमा मानव अधिकारको अत्यन्त घृणास्पद उल्लंघन गरेको विवरण पुनः सतहमा आएको छ। तत्कालीन माओवादी नेता हिमाल शर्माको एक दशकअगाडिको साक्षात्कार पुनः सार्वजनिक हुँदै गर्दा, भैरवनाथ गणमा भएको अत्याचारको भयावह दृश्य उजागर भएको छ।
०६० साल कात्तिक ३ गते कर्नेल राजु बस्नेतले आफैँ पक्राउ गरेका हिमाल शर्माले “युरोपको नेपालीपत्र” मा प्रमिला देवकोटासँगको अन्तर्वार्तामा शाही सेनाले महिला बन्दीहरूमाथि गरेको बलात्कार, यातना र हत्या सम्बन्धी यथार्थ बयान गरेका छन्।
शर्माका अनुसार भैरवनाथ गणमा गर्भवती महिलासमेत बलात्कारको शिकार बन्न पुगे। “वाइबा” नामकी एक महिलालाई १३ जना सैनिकले पालैपालो बलात्कार गरेको, तीमध्ये राजु बस्नेत पनि थिए, शर्माले दाबी गरेका छन्। ती महिलाले आठ महिनाको गर्भ लिएर ‘पहिले बच्चा जन्मिन देऊ’ भनेर हारगुहार गरेकी थिइन्। तर सैनिकहरूले ‘अहिल्यै जन्माइदिन्छौं’ भन्दै क्रूर बलात्कार गरे। दुई घण्टापछि मृत बच्चा जन्मियो र पीडित महिलाको पनि मृत्यु भयो। त्यसपछि बस्नेतले ‘खाल्डो खनेर पुरिदे’ आदेश दिएको शर्माको भनाइ छ।
त्यहाँ रहेका अन्य महिलामाथि पनि यौन हिंसा, नाङ्गो पारेर अपमान र आत्मसम्मानमाथि ठाडो प्रहार गरिएको थियो। महिलाहरूले ‘हामीलाई बरु गोली हान’ भन्दै चिच्याउँदा समेत सैनिकहरूले सुनुवाइ नगरेको र बलात्कारलाई नै आत्मसमर्पण गराउने अस्त्र बनाएको खुलासा शर्माले गरेका छन्।
भैरवनाथ गणमा २७ महिना बन्दी बनाइएका शर्मा भन्छन्, “हामी एक घन्टा होसमा हुन्थ्यौं र तेइस घन्टा बेहोसीमा। खानपिन नपाएर र यातनाले साथीहरू मरे।” उनका अनुसार रेवकला तिवारी, भवनाथ धमलाजस्ता माओवादी कार्यकर्ता जोडीलाई नाङ्गो पारेर जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने प्रयास गरिएको थियो। अस्वीकार गरेपछि महिला बन्दीमाथि सामूहिक बलात्कार र पुरुष बन्दीमाथि चरम कुटपिट गरियो।
०६० पुस ५ गते, ‘मर्न कहाँ मन छ’ भनी सोध्दै ट्रकमा चढाइएका केही बन्दीहरू शिवपुरीको जंगलमा लगेर गोली हानेर गाडिएको शर्माले बताएका छन्। त्यसमध्ये रेवकला, भवनाथ, निश्चल नकर्मी, रेनुका दुलाललगायत अहिलेसम्म फर्किएका छैनन्।
यो विवरण अहिले चर्चामा आइरहेका कर्णेल राजु बस्नेत र उनका समकक्षीहरूको भूमिका पुनः बहसको केन्द्रमा ल्याएको छ। दुर्गा प्रसाईं, रविन्द्र मिश्रजस्ता ‘घरज्वाइँ बनेर सेवा सुविधासहित जेलमा बस्नेहरू’को आलोचना गर्दै शर्मा भन्छन्, “आज ती पीडकहरू उन्मुक्तिमा छन्, पीडितहरू विस्मरणमा।”
शाही सेनाको नाममा भएका मानवअधिकार उल्लंघनमाथि सत्य निरुपण तथा मेलमिलाप आयोगले अझै पनि निर्णायक अनुसन्धान गर्न सकेको छैन। भैरवनाथ गणका पीडितहरूका लागि न्यायको बाटो अझै टाढै देखिन्छ।Dilgharti magar













प्रतिक्रिया दिनुहोस्