२०८३ भाद्र ३० गते मङ्गलवार

पूर्व राजा ज्ञानेन्द्रले देशवासीकाे नाममा नयाँ बर्षकाे शुभकामना दिदै तिनकुने घटनामा प्रतिक्रिया : “जनताको आवाज दबाउनु हुँदैन”



 

 “हामी सबै नेपाली हौँ, विचार फरक पर्न सक्छ तर सविनय असहमतिको अधिकार संविधानले नै दिएको हो ”- ज्ञानेन्द्र शाह पूर्वराजा 

­पूर्व राजा ज्ञानेन्द्रले देशवासीकाे नाममा नयाँ बर्षकाे शुभकामना दिदै तिनकुने घटनामा प्रतिक्रिया : “जनताको आवाज दबाउनु हुँदैन”
कमल कुमार शाही
स्वाभिमान खबर , बैशाख १

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली नयाँ वर्ष २०८२”को अवसरमा देशवासीकाे नाममा शुभकामना दिँदै हालको सामाजिक राजनीतिक परिस्थितिबारे चासो व्यक्त गरेका छन्। उनले गए वर्षकाे समीक्षा गर्दै यो बर्ष देशभित्र अपार पीडा, अन्योल र असन्तोष छ,” भनी राजाले सुरु गरे।

नयाँ वर्षमा शान्ति, स्थायित्व र आत्मसम्मानसहितको समृद्धिको कामना गर्दै उनले जनता र राष्ट्रबीचको सम्बन्धलाई गहिरो रूपमा जोड्न आवश्यक रहेको औंल्या । तिनकुने घटनाको बिषयमा गणतन्त्र वादी दलका नेताले राजाकाे  चर्को आलोचना गरेपछि आज राजाले आफ्नो धारणा सार्वजनिक गरेका हुन ।सार्वजनिक कार्यक्रम मा समेत प्रधानमन्त्रीले तिनकुने घटनाको बिषयमा पूर्व राजाको चर्को आलोचना गर्दै जवाफ मागेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले हालैको तिनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै तिनकुनेमा देखिएको जनआवाजलाई शक्तिपूर्वक दबाउनु दुःखद  भएको बताएका छन् । तिनकुनेमा नागरिकहरूद्वारा गरिएको प्रदर्शन र त्यसमा प्रहरीले प्रयोग गरेको बलमाथि बोल्दै उनले जनताको आवाज दबाउनु नहुने स्पष्ट पारे।

राजा ज्ञानेन्द्रले भने, “जनताको स्वतन्त्रताको रक्षा हुनु पर्दछ। जुनसुकै विचार होस्, यदि त्यो शान्तिपूर्ण रूपमा प्रस्तुत भइरहेको छ भने त्यसलाई सुन्ने धैर्य राज्यसँग हुनुपर्छ।” उनले जनभावनाको कदर गर्न आग्रह गर्दै भने, “देशको स्थायित्व जनताको आत्मसन्तुष्टि र विश्वासमा आधारित हुन्छ।”

पूर्वराजाले तिनकुने घटनामा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको विषयमा असन्तुष्टि व्यक्त गरे। “हामी सबै नेपाली हौँ, विचार फरक पर्न सक्छ तर सविनय असहमतिको अधिकार संविधानले नै दिएको हो,” उनले भने।

पूर्वराजाको यो भनाइको अर्थ तत्कालीन घटनाक्रमप्रति स्पष्ट असहमति र वर्तमान राजनीतिक नेतृत्वप्रति परोक्ष आलोचना पनि मानिएको छ। उनका समर्थकहरू सामाजिक सञ्जालमा सक्रिय हुँदै घटनाको विरोधमा आवाज उठाइरहेका छन्।

पृष्ठभूमि:
केही दिनअघि तिनकुनेमा पूर्वराजा समर्थक समूहहरूद्वारा शान्तिपूर्ण जुलुस निकालिएको थियो। जुलुसलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज सहित भिडलाई नियन्त्रण गर्न हवाई फायर , अक्सर ग्यास सहित गाेलि चलाएको थियो , जसमा एक पत्रकार सहित दुई जनाको ज्यान गएको थियोे भने २० जनालाई गाेलि लागि घाइते भएका  छन् । भने निजी निवास लगायत सरकारी संस्थामा आगलागी भएको थियोे सवारी साधन जलाएका थिए ।  घाइतेको काठमाडौं मेडिकल कलेज लगाय अन्य  हस्पिटल मा उपचार भइरहेको छ । दाेहाेराे झडपले दुई पक्ष धेरै घाइते भएका थिए।

पूर्वराजाको यो अभिव्यक्ति अहिलेको राजनीतिक परिस्थितिमा पुनः राजसंस्थाको चर्चा चर्काउने सम्भावना रहेको विश्लेषकहरूको भनाइ रहेको छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार