उच्च रक्तचाप कारण लक्षण प्रभाव र नियन्त्रणका उपायहरु ।
प्रेम बहादुर सुनार
स्वाभिमान खबर , भदौ ३० नेपालगञ्ज
१ परिचय: उच्च रक्तचाप (High Blood Pressure) जसलाई चिकित्सकीय भाषामा हाइपरटेन्सन (Hypertension) भनिन्छ । विश्वव्यापी रुपमा स्वास्थ्य समस्याको ठूलो कारण बनेको छ । रक्तचाप भन्नाले मुटुले रगतलाई धमनीमा पठाउँदा लगाउने दबाबलाई जनाउँछ । सामान्य अवस्थामा वयस्क व्यक्तिको रक्तचाप (१२०/८० Millimeters of Mercury) वरिपरिको हुन्छ । यदि सिस्टोलिक माथिल्लो दबाब १४० (Millimeters of Mercury) भन्दा बढी र डायस्टोलिक तल्लो दबाब ९० (Millimeters of Mercury) भन्दा बढी रहेयो भने त्यसलाई उच्च रक्तचाप भनिन्छ । विश्व स्वास्थ्य संगठन (World Health Organization) का अनुसार संसारभर करिब १.२ अर्बभन्दा बढी मानिस उच्च रक्तचापबाट प्रभावित छन । नेपालमा पनि यसको दर तीव्र रुपमा बढ्दो छ । मुख्य तया अस्वस्थ जीवनशैली र खानपानका कारण गर्दा नेपालमा हालको समयमा प्रत्येक घरमा यस रोगको विरामी रहेको छन ।
२ उच्च रक्तचापका कारणहरु: उच्च रक्तचापका कारणहरुलाई दुई भागमा विभाजन गर्न सकिन्छ । प्राथमिक कारणहरुमा यी कारणहरु सटीक रुपमा पत्ता लगाउन कठिन हुन्छन तर जीवनशैलीसँग सम्बन्धीत हुन्छन । उमेर बढनु आनुवंशिक कारण मोटोपना अस्वस्थ आहार नुन बढी सेवन तात्तातो तेलयुक्त खाना जीवनमा व्यायामको कमी तनाव र मानसिक दबाब मदिरा र धूम्रपानको अत्यधिक सेवन रहेको छ । द्धितीय कारणहरुमा अन्य रोगका कारण उत्पन्न हुने उच्च रक्तचाप रहेको छ । जसमा मृगौला सम्बन्धी समस्या र हर्मोन असन्तुलन थाइराइड वा एड्रिनल ग्रन्थी समस्या गर्भावस्था सम्बन्धी अवस्था केही औषधी जस्तै स्टेरोइड गर्दा उच्च रक्तचाप रोग लाग्न सक्छ ।
३ उच्च रक्तचापका लक्षणहरु: उच्च रक्तचापलाई Silent killer भनिन्छ । किनभने धेरै जसो अवस्थामा यसका स्पष्ट लक्षण देखिँदैनन । तर केही अवस्थामा लक्षण देखिन्छ । बारम्बार टाउको दुखाइ आखाँमा धमिलो देखिनु छातीमा भारीपनवा दुखाइ चक्कर आउनु वा थकान नाकबाट रगत आउनु गम्भीर अवस्थामा ह्रदय धड्कन असामान्य हुनु रहेको छ । यस्तो धेरै व्यक्तिहरुमा रक्तचाप परीक्षण नगरी उच्च रक्तचापको थाहा पाइँदैन । त्यसैले नियमित स्वास्थ्य परीक्षण अत्यावश्यक हुन्छ ।
४ उच्च रक्तचापका प्रभावहरु : उच्च रक्तचाप दीर्घकालिन रुपमा नियन्त्रण नगर्दा यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ । जसले ह्रदयाघात धमनीमा बढी दबाबका कारण धमनी कठोर बन्ने Atherosclerosis र रक्त प्रवाहमा अवरोध आउने गर्दछ । मस्तिष्क घात रक्तनली फुट्ने वा अवरुद्ध हुने । मृगौला क्षति हुन सक्छ । मृगौलाको कार्यक्षमता घट्ने हुन्छ । दृष्टि ह्रास आखाँको रगत नली प्रभावित हुने गर्दछ । हृदय असफलता हुन्छ । मुटुमा बढी दबाबका कारण कार्यक्षमता कम हुनु हो ।
५ उच्च रक्तचाप नियन्त्रणका उपायहरु:उच्च रक्तचाप रोकथाम र नियन्त्रणका लागी जीवनशैलीमा परिवर्तन सबैभभन्दा महत्वपूर्ण हुन्छ । स्वस्थ आहार अपनाउने नुनको मात्रा घटाउने विश्व स्वास्थ्य संगठन अनुसार दैनि ५ ग्राम भन्दा बढी नुन नखानु हो । फलफूल सागसब्जी सम्पूर्ण अन्न बढी खाने गर्नु पर्छ । तेलयुक्त तारेका फास्टफुड र प्रशोधित खाना कम गर्नै । बोसो र कोलेस्ट्रोलयुक्त खाना घटाउने पर्छ । पर्याप्त पानी पिउने बानी गर्नु पर्छ । नियमित शारीरिक व्यायाम गर्नु पर्छ । दैनिक कम्तीमा ३० मिनेट मध्यम स्तरको व्यायाम हिडाइ दौड योग गर्नु पर्छ । शरीरको तौल नियन्त्रणमा राख्ने । तनाव व्यवस्थापन गर्नु पर्छ । ध्यान योग शान्त संगीत सुन्ने पर्याप्त निद्रा लिने गर्नु पर्छ । अत्यधिक मानसिक तनाव घटाउने प्रयास गर्नु । धूम्रपान र मदिरा सेवन रोक्ने पर्छ । धम्रपान पूर्ण रुपमा त्याग्ने पर्छ । मदिरा सेपन नगर्नै वा अत्यधिक सीमित गर्न सकिन्छ । नियमित स्वास्थ्य परीक्षण गर्नु पर्छ । रक्तचाप नियमित जाँच गर्नै । डाक्टरको सल्लाहमा औषधी सेवन गर्नै । अन्य रो मधुमेह कोलेस्ट्रोल को नियन्त्रण गर्नु पर्छ ।
६ निष्कर्ष: उच्च रक्तचाप आजको जीवनशैलीसँग सम्बन्धित एउटा गम्भीर स्वास्थ्य चुनौती हो । यसलाई समयमै पत्ता लगाएर जीवनशैली परिवर्तन र आवश्यक उपचार गरेर नियन्त्रण गर्न सकिन्छ । नियमित जाँच स्वस्थ खानपान व्यायाम र तनाव व्यवस्थापन नै यसबाट नै यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हुन सक्छ । आवश्यक परे चिकित्सकको सल्लाह अनुसार औषधी सेवन पनि गर्नुपर्छ । उच्च रक्तचाप कुनै सामान्य समस्या होइन । यसले दीर्धकालिन रुपमा ज्यान नै जोखिममा पार्न सक्छ । त्यसैले यसबारे जनचेतना अभिवृद्धि गर्न रोकथाम र उपचारका उपायलाई जीवनशैली समेटन अत्यन्त जरुरी छ । स्वास्थ्य प्रद जीवनशैली अपनाउनु नै उच्च रक्तचापबाट बच्ने सबैभन्दा प्रभावकारी र सरल उपाय हो ।
७ सन्दर्भ सामग्रीहरु: अनलाइन शैक्षिक सामग्रीहरु अध्ययन गरी तयार पारिएको हो ।













प्रतिक्रिया दिनुहोस्