९२ वर्षीय मानबहादुर शाहीले गरे मतदान, कुइकाले मतदान केन्द्रमा २८९ मत खस्यो ।
कमल कुमार शाही
स्वाभिमान खबर, फागुन २१
अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बोरा गाउँस्थित कुइकाले मतदान केन्द्रमा ९२ वर्षीय ज्येष्ठ नागरिक मानबहादुर शाहीले मतदान गरेका छन्। वृद्ध उमेरका बाबजुद पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्न आधा घण्टाको पैदलयात्रा गरे शाहीले मतदान केन्द्र पुगेर मतदान गरेका हुन । शाही आफ्नो मत खसालेपछि स्थानीय मतदातामा उत्साहीत देखिएका थिए ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया उक्त केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको यस निर्वाचनका सायक निर्वाचन अधिकृत धिरेन्द्र भण्डारीले जनाएका छन्। ज्येष्ठ नागरिक शाहीले मतदानमा सहभागी हुँदै लोकतन्त्र बलियो बनाउन प्रत्येक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने सन्देश दिएका छन्।

कुइकाले मतदान केन्द्रमा कुल ७०६ जना मतदाता रहेका छन्। तीमध्ये हालसम्म २८९ मत खसेको विवरण प्राप्त भएको छ। खसेको मतमध्ये १५४ महिला र १३५ पुरुष मतदाता रहेका छन्।

मतदान सुरु भएसँगै स्थानीय मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। मतदान केन्द्रमा सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीहरू परिचालन गरिएका छन् भने मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको यस निर्वाचन केन्द्रका सायक निर्वाचन अधिकृत धिरेन्द्र भण्डारीले बताएका छन्।
प्रतिनिधि सभा को यो निर्वाचन लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक हुने भन्दै ज्येष्ठ नागरिकदेखि युवा मतदातासम्म उत्साहका साथ मतदानमा सहभागी भएको दृश्य कुइकाले मतदान केन्द्रमा देखिएको छ।
निर्वाचन का केही तस्बिर














प्रतिक्रिया दिनुहोस्