दैलेखमा तीन महिनाको शिशु वेपत्ता
स्वाभिमान खबर , चैत २९
कमल कुमार शाही
दैलेख । दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका –१ सिराडी बाट तीन महिनाको शिशु वेपत्ता भएका छन्। वेपत्ता हुने ठाटीकाँध गाउँपालिका सिराडी ग्वालिपिन्न निवासी बम बहादुर बुढाकी छाेरी श्रीया बुढा हुन । उनलाई राति ९ बजे घरमै सुतिरहेको अवस्थामाअपहरण शैलीमा वेपत्ता पारिएको उनका बुवाले बताएका छन ।
घटना राति घरमा सबै सुतेको समयमा एकाएक घर पछाडिको रुखमा राखेको खरमा आगाे लाग्यो सुरुमा कसैलाई थाहा भएन आगाेले ठुलो रुप लिए पछि ,माथिल्लो घरकाले देखे पछि खबर गरे , त्यस पछि सबैजना घरको आगाे निभाउन गए , लगत्तै आगाे निभाएर घरमा आउदा घर बच्चा थिएन । घरपरिवारका अनुसार योजनावद्द रुपमा खरमा आगाे लगाएर आगाे निभाउन गएको मौका छाेपि बच्चालाई लिएर भागेको शंका गरेका छन् ।
वेपत्ता पारिएको बच्चा संग अर्को छाेरा पनि साथमा सुतेको थियो आँउदा ठूलो बच्चा सुतिरहेको भए पनि सानो छाेरी नभएको उनलेे बताए ।
घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए ।स्थानीयवासी तथा छिमेकीहरू समेत शिशुको खोजीमा सहभागी भएका छन्। राति नै प्रहरी त्यहाँ पुगेर खाेजीतलासी गरे पनि अहिलेसम्म कुनै पनि क्लु पता नलागेको भए पनि शंकास्पद रुपमा हराएको शिशुको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी सुनिल दाहालले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्