२०८३ साउन १४ गते बिहिवार

स्वास्थ्य कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिए



स्वाभिमान खबर चैत १६
कमल कुमार शाही

काठमाडौँ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् ।

बिरामी भएको कारण देखाउँदै शनिबार बरालले राजीनामा दिएका हुन् ।
बराललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० फागुन १० गते उपकुलपति नियुक्त गरेका थिए । प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली आएसँगै उपकुलपति बरालले सरकारबाट असहयोग भएकाे बताउने गरेका थिए। उनी लामाे समयदेखि विभिन्न राेगबाट ग्रसितसमेत  थिए।

उपप्राध्यापकका रूपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार