अछामी कल्याण समाजको वनभोज कार्यक्रम सम्पन्न
स्वाभिमान खबर ,चैत ९
कमल कुमार शाही
सुर्खेत ।अछामी कल्याण समाजद्वारा आयाेजित वनभोज कार्यक्रम उत्साहपूर्वक रुपमा सम्पन्न भएको छ । चैत ९ गते वीरेन्द्रनगर काे पर्यटकीय स्थल बुल्लबुलेमा वनभाेज कार्यक्रम सम्पन्न भएको हाे । बनभाेज कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा विभिन्न उदेश्यले अस्थायी वा स्थायी वसाेवास गरेका अछामीहरुकाे कार्यक्रम हाे ।
कार्यक्रमको मुख्य उद्देश्य वीरेन्द्रनगर सुर्खेतमा रहेका विभिन्न क्षेत्रका अछाम जन्म स्थान भएका अछामी संग सम्बन्ध जाेडिएका सदस्यहरूबीच आफ्नो भाषा ,कला मौलिक अछामी संस्कृतिको संरक्षण गरि आपसी सद्भाव , भेटघाट तथा मनोरञ्जन प्रदान गर्नु थियो ।
वनभोज कार्यक्रम बिहानैदेखि सुरु भई दिनभर चल्यो। कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका सदस्यहरुले आफ्नो परिचय अछामी भनेर दिए पछि छुटीएका फुलका थुङगाहरु उनेर एउटै माला बने जसरी सम्पूर्ण अछामीलाई एकताको भावले गास्याे । यस्ले सम्पूर्ण उपस्थिति सदस्यीय लाई एक परिवारकाे रुपमा सबैलाई एकै ठाउँमा उपस्थिति बनायो । उमेर समूहका हिसाबले धेरै पाक्का उपस्थिति सदस्यीय लाई सम्पूर्ण सदस्यहरूले आफ्नो अभिभावककाे रुपमा सम्मान गरे ।
सहभागीहरूले सामूहिक भोजन, मनोरञ्जनात्मक गतिविधि, नाचगान र अछामी देउडा खेल तथा साँस्कृतिक कार्यक्रम तथा गीत-संगीतको भरपूर आनन्द लिए।
कार्यक्रमको उद्घाटन अनौपचारिक समारोहमा समाजका पदाधिकारीहरूले वनभोजको औचित्यबारे प्रकाश पार्दै अछामी समुदायबीच एकता र मेलमिलाप बढाउने प्रयास निरन्तर जारी रहने बताए। सहभागी सदस्यहरूबीच आपसी छलफल र अनुभव आदान–प्रदान हुनुका साथै, आगामी सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरूको विषयमा समेत कुराकानी भयो । अछामीलाई दुःख पर्दा यहीँबाट के कति सहयोग कसरी गर्न सकिन्छ भने बिषयमा सल्लाह सुझाव उपस्थिति सदस्य हरुले दिए ।
अछामी कल्याण एकता समाजका अध्यक्ष मीन बहादुर शाहीले कार्यक्रम समापनका क्रममा समाजका सम्पूर्ण सदस्यहरू, तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भावी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम सकिएपछि सहभागीहरूले समूह तस्बिर खिचाउँदै स्मरणीय पलहरू कैद गरे। वनभोजमा सबै सदस्यहरूबीच आत्मीयता, सद्भाव र सामूहिक सहभागिताको भावना देख्न पाइयो, जसले अछामी समुदायको एकता र सहकार्यलाई थप मजबुत बनाएको छ। कार्यक्रममा उल्लेख उपस्थिति रहेको थियो ।


















प्रतिक्रिया दिनुहोस्