२०८३ साउन १३ गते बुधवार

सडक आन्दोलन गरिरहेका शिक्षकहरुकाे आन्दोलन प्रति समाजवादी माेर्चाकाे ऐक्यबद्धता



सडक आन्दोलन गरिरहेका शिक्षकहरुकाे आन्दोलन प्रति समाजवादी माेर्चाकाे ऐक्यबद्धता
कमल कुमार शाही
स्वाभिमान खबर , चैत २९

काठमाडौं । सडक आन्दोलन गरिरहेका शिक्षकहरुकाे आन्दोलन प्रति समाजवादी माेर्चाले ऐक्यबद्धता जनाएको छ । शुक्रबार समाजवादी मोर्चाका संयोजक विप्लव सीले प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको बताएको हो।

शिक्षाको गुणस्तर विकास गर्न तथा शिक्षकहरूको हक अधिकारको पक्षमा उठाइएको आवाजलाई मोर्चाले सकारात्मक रुपमा लिएको पनि विज्ञप्तिमा उल्लेख छ।

शिक्षकहरूले उठाएको न्यायोचित मागहरूलाई सम्बोधन गर्न सरकारसँग मोर्चाले माग गरेको छ । शिक्षक आन्दोलन आज १० अौं दिन पुगेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार