२०८३ भाद्र २९ गते सोमवार

शान्तिका लागि ७५३ स्थानीय तहमा पैदल तथा साईकल यात्रा गर्दै ७२ बर्षिया वृद्ध



शान्तिका लागि ७५३ स्थानीय तहमा पैदल तथा साईकल यात्रा गर्दै ७२ बर्षिया वृद्ध

स्वाभिमान खबर देपेन्द्र ब.शाही
कैलाली

शान्तिका लागि ७५३ स्थानीय तहमा पैदल तथा साईकल यात्रा गर्दै ७२ बर्षिया वृद्ध कंचनपुर पुगेका छन ।

रतुवामाई-८ दाम्राभिट्टा माेरङका रामभक्त काैडिण्य शान्तिका लागि ७५३ स्थानीय तहहरु सम्म पैदल तथा साईकल यात्रा गर्ने क्रममा कञ्चनपुरकाे लालझाडी गाउँपालिका सम्म पुगेका छन ।

माेरङबाट सुरु गरिएकाे यात्रा अहिले सम्म ४६३ स्थानिय तहहरु सम्म पुगेकाे काैडिण्यले बताएका छन ।
देशमा अशान्ति सँगसँगै भ्रष्टाचार ,मानव हत्या जस्ता जघन्य अपराध माैलाउदै गैरहेकाे बेला देशका नगरिकहरुले शान्तिपूर्ण तरिकाले आफ्नाे जीवन जिउन पाउनु पर्ने हरेक नागरिकको नैसर्गिक अधिकार हाे ।

तर देशमा भैरहेकाे अशान्तिले नागरिकहरु अशान्ति पुर्ण तरिकाले जिउन बाध्य भैरहेकाे बेला जसरि भगावन बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । तेसै गरि आफुले शान्ति सन्देश फैलाउन नेपालका ७५३ स्थानीय तहहरु सम्म पुगेर स्थानिय जनप्रतिनिधिहरु सँग भेटघाट गर्दै बिगत तीन बर्ष देखि यात्रमा निक्लेकाे बताएका छन ।

आफ्नाे पैदल तथा साईकल यात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ शान्तिको सन्देश फैलाउन र देशमा शान्ति सँगै पर्यटन प्रबर्द्धनमा टेवा पुग्नुकाे साथै विश्वलाई नेपाल गाेैतम बृद्धकाे देश शान्तिकाे देश भनेर चिनाउनकाे लागि बृद्ध अवस्थामा (७२ )बर्षकाे उमेरमा शान्ति फैलाउन निस्केका उनी आज कञ्चनपुरको लालझडि गाउँपालिकामा पुग्दा (नेसपा ) नयाँ शक्ति महाधिवेशन आयाेजक केस सत्या देवि चापागाईं,अममर बिष्ट, गा पा अध्यक्षका स्वकिय सचिव लगाएत सबै कर्मचारीहरुले खादा लगाएर स्वागत गरेका थिय।
केही स्थानीय तहहरु सम्म पुग्नु पर्ने भएकाले केही समय कुराकानी गरेर काैडिण्य आफ्नाे गन्तव्य स्थान तिर लागेका थिय ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार