२०८३ साउन १३ गते बुधवार

सुर्खेत बहुमुखी क्याम्पस प्रमुखमा माधव प्रसाद खनालकाे पुन नियुक्ति



सुर्खेत बहुमुखी क्याम्पस प्रमुखमा माधव प्रसाद खनालकाे  पुन  नियुक्ति ।

स्वाभिमान खबर पुस २९ , सुर्खेत
देपेन्द्र बहादुर शाही
सुर्खेत
त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस प्रमुखमा माधव प्रसाद खनाल पुन नियुक्त भएको छन । त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा आइतबार क्याम्पस प्रमुख नियुक्त गरे संगै क्याम्पस प्रमुख खनाल पुन नियुक्त भएको हुन । त्रिविका प्रवक्ता एमनसिंह बोहोराले कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्तिको निर्णय गरेको बताए । क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो ।

समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ । प्रतिस्पर्धाको आधारमा नियुक्तिका लागि दरखास्त आह्वान गर्ने, मूल्यांकन गर्ने गरी कार्यविधिसमेत जारी भएको छ । सोही प्रक्रियाबाट क्याम्पस प्रमुख नियुक्ति भएका हुन

त्रिभुवन विश्वविद्यालय का २४ आङ्गिक क्याम्पस नियुक्ति काे काँहा भए

त्रिवि प्रवक्ता बोहाराकाअनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, भैरवहा क्याम्पसमा लक्कीप्रसाद जोशी, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ क्याम्पस प्रमुख नियुक्त भएका छन् । त्यस्तै महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सहप्राध्यापक लालमणि आचार्य, सुर्खेत बहुमुखीमा सहप्राध्यापक माधवप्रसाद खनाल, विश्वभाषा क्याम्पस काठमाडौंमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी, पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक रघुवीर विष्ट र बुटबल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्री प्रमुख नियुक्त भएका छन्

रामस्वरुप रामसागर क्याम्पस जनकपुरमा प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखीमा सहप्राध्यापक पर्वतकुमार राई, पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापक हरिप्रसाद पाठक, रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा सहप्राध्यापक पदमकुमार अधिकारी, सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहामा सहप्राध्यापक राजेश्वरप्रसाद यादव नियुक्त गरिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार