मंसिर ११, काठमाडौं
देपेन्द्र ब शाही
नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन ३०० मा हेर्न पाईने
नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन ३०० मा हेर्न पाईने भएको छ । व्यानले एनपीकाे उद्घाटन चरण देखि सेमिफाइनल र फाइनल चरणको खेलकाे लागि शुल्क निधारण गरेको छ ।
क्यानले प्रतियोगिताका लागि साधारण, भिआईपी तथा सिजनलअनुसार फरक–फरक मूल्य निर्धारण गरेको हो। क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरलतर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७०० रुपैयाँ तोकिएको छ।
त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरलतर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ। प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७०० रुपैयाँको हुनेछ। त्यस्तै, फाइनल खेलमा जनरल टिकट ५०० र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ।
त्यसैगरी क्यानले सिजनल पासको पनि व्यवस्था गरेको छ, जसमा २० प्रतिशत छुट दिइएको छ। प्रतियोगिता भरीलाई हुने उक्त टिकटको जनरलतर्फ ४ हजार ४८० रुपैयाँ र भीआईपी तर्फ ८ हजार २४० तोकिएको छ।













प्रतिक्रिया दिनुहोस्