२०८३ भाद्र २८ गते आइतवार

नगर कार्यालय प्रमुखलाई आयो धम्की सुरक्षा काे माग सहित कर्मचारीले निकाले विज्ञप्ति



पंञ्चदेवल विनायक नगर प्रमुखको सुरक्षा काे माग सहित कार्यालयकाे काम कारबाही गर्ने वातावरण मिलाउन माग गर्दै नगरपालिका कर्मचारीले बिज्ञप्ती निकाले

कार्तिक २६ , अछाम

पंञ्काचदेवल विनायक नगरपालिका कार्यालय प्रमुखको सुरक्षा काे माग सहित कार्यालयकाे काम कारबाही गर्ने वातावरण मिलाउन माग गर्दै नगरपालिका कर्मचारीले बिज्ञप्ती निकालेका छन।
नगरपालिकाका प्रशासनिक प्रमुख नवराज वलीले कार्तिक १३ गते नगरपालिका मा उपस्थित भइ हाजिर भए पछि प्रमुख वली तेस पछि नगरपालिका मा उपस्थित हुन सकेका छैन ।

नगरपालिका मा सहजरूपमा काम गर्ने वातावरण नभएकोले नगरपालिकाकाे नियमित काम कारबाही समेत हुन सकेको छैन । यस नगरपालिका कर्मचारीले यो बर्षकाे तलब समेत पाएका छैन भने बृद्ध तथा बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्ता समेत पाएका छैन ।

नगरपालिका हाजिर भए देखि काम गर्न नदिने मनसायले प्रमुख वलीलाई केही व्याक्तिले फाेन तथा सामाजिक संजाल मार्फत ज्यान मार्ने धम्की सम्म आएको भन्दै कार्तिक २५ गते नगरपालिका का कर्मचारीहरुकाे बैठक बसी नगर  प्रमुख वलीकाे सुरक्षा र नगरकाे नियमित काम कारबाही गर्ने वातावरण बनाउन माग गर्दै सराेकारवाला सम्बन्धित निकायलाई कर्मचारीले विज्ञप्तिमार्फ अनुरोध गरेका छन।

विज्ञप्तिमा भनिएको छ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कार्यालय प्रमुखको रुपमा खटिई आएका श्री नवराज वली मिति २०८१/०७/१३ गतेका दिन कार्यालयमा हाजिर भएकै दिनदेखि हालसम्म निजलाई काम गर्न नदिने मनसाय राखी केही व्यक्तिहरुले फोन र सामाजिक संञ्जाल मार्फत ज्यान मार्ने धम्कि मिले पछि कार्यालय प्रमुख वलि हालसम्म कार्यालयमा उपस्थित हुन नक्दा नगरपालिकाको योजना तथा कार्यक्रम लगाएत सम्पूर्ण कारोबार प्रभावित हुनुकाे साथै कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षाभत्ता भुक्तानी गर्न नसकिएकाे विज्ञप्ति मार्फत जानकारि दिएका छन ।

राष्ट्रसेवक कर्मचारीलाई पारिवारिक रुपमा असर पुग्ने गरी दिइएको धम्कीले यस कार्यालयको कारोबार सञ्चालनमा बाधा पुगेको हुँदा त्यस्तो अवाञ्छित गतिविधि गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्न र कर्मचारीको सुरक्षाका लागि आवश्यक प्रबन्ध गरिदिन सम्बन्धित निकायमा अनुरोध गर्दै नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुले विज्ञप्ति जारी गरेका छन ।

विज्ञपती

 

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार