भारतिय बजारमा नेपालीले गरिदिए करोडौंकाे व्यापार
कार्तिक १८. महेन्द्रनगर
बनवासा (चम्पावत)
दिपेन्द शाही
भारतिय बजार क्षेत्र बनबासा (चम्पावत)मा चार दिनमा नेपालीहरुले तीन कराेड भारतिय रुपैया बराबरकाे खरिद गरेका छन ।सुदुरपश्चिम प्रदेशकाे कञ्चनपुर ,जिल्ला नजिकै रहेकाे बनबासा बजार क्षेत्रबाट खरिद गरेर नेपालीहरुले दीपावली पर्व शान्तिपूर्ण र हर्षोल्लासका साथ मनाएका छन ।
नेपाली बजारमा सामानहरु मंहगाे हुने भएकाेले धेरै जसाे नेपालीहरु खरिद गर्न भारतिय बजारमा जाने गरेका हुन
कोरोनाको समयमा व्यापार ठप्प भएकाे बनबासा बजार क्षेत्रमा किनमेल गर्ने नेपाली ग्राहकहरुकाे निकै घुइँचो देखिने गरेकाे छ ।
नेपालबाट आएका ग्राहकहरुले गर्दा धेरै व्यापार भएकाे
व्यापार बोर्डका अध्यक्ष भरत भण्डारी र महासचिव अभिषेक गोयलले जानकारी दिएका छन।
प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार













प्रतिक्रिया दिनुहोस्